डलर बढ्यो : मंगलबार कुन विदेशी मुद्राको मूल्य कति ? « Khabarhub

डलर बढ्यो : मंगलबार कुन विदेशी मुद्राको मूल्य कति ?


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ। यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको पनि मूल्य बढेको छ।

केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपियाँ ८६ पैसा र बिक्रीदर एकसय ३८ रुपियाँ ४६ पैसा तोकिएको छ।

एक युरोको खरिददर एक सय ४४ रुपियाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपियाँ ५६ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर एक सय ७२ रुपियाँ ४३ पैसा र बिक्रीदर एक सय ७३ रुपियाँ १८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रुपियाँ ६७ पैसा र बिक्रीदर एक सय ५४ रुपियाँ ३४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८२ पैसा र बिक्रीदर ८७ रुपियाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९३ रुपियाँ तीन पैसा र बिक्रीदर ९६ रुपियाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपियाँ ६४ पैसा र बिक्रीदर एक सय तीन रुपियाँ नौ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपियाँ ९६ पैसा र बिक्री दर नौ रुपियाँ, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ एक पैसा र बिक्रीदर १९ रुपियाँ नौ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ७५ पैसा र बिक्रीदर ३६ रुपियाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८१ पैसा र बिक्रीदर ३७ रुपियाँ ९८ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १० पैसा र बिक्रीदर चार रुपियाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ५३ पैसा र बिक्रीदर ३७ रुपियाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४९ पैसा र बिक्रीदर ३१ रुपियाँ ६२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६३ पैसा र बिक्रीदर नौ रुपियाँ ६७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ५९ पैसा र बिक्रीदर १२ रुपियाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४२ पैसा र बिक्री दर १९ रुपियाँ ५१ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७० पैसा र बिक्रीदर १७ रुपियाँ ७८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपियाँ ६७ पैसा र बिक्रीदर चार सय ४९ रुपियाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपियाँ ६८ पैसा र बिक्रीदर तीन सय ६७ रुपियाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपियाँ नौ पैसा र बिक्रीदर तीन सय ५९ रुपियाँ ६५ पैसा तोकिएको छ। यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा निर्धारण भएको छ। राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ६ : २६ बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको