जय नेपाल कप – मध्यपश्चिम र लखनउ विश्वविद्यालय फाइनलमा « Khabarhub

जय नेपाल कप – मध्यपश्चिम र लखनउ विश्वविद्यालय फाइनलमा


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मध्य पश्चिम विश्वविद्यालय र लखनउ विश्वविद्यालय जय नेपाल कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

सेमिफाइनलमा लखनउले ढाका विश्वविद्यालयलाई ७ विकेटले हरायो। १८० रनको लक्ष्य पछ्याएको लखनउले १६.५ ओभरमा २ विकेटको क्षतिमा १८२ रन जोडेको हो। ढाकाका यस बर्धन सिंहले अविजित रहँदै ३९ बलमा ८२ रन जोडे। मनन कन्डपालले ५९ रन बनाए।

यसअघि ढाकाले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाउँदै १७९ रन जाडेको थियो। ढाकाका इख्तखर हुँसेनले अविजित रहँदै ५६ बलमा ९५ रन बनाए। सिफत सतिक खानले ५१ रन जोडे।

अर्को खेलमा मध्य पश्चिमले त्रिभुवन विश्वविद्यालयलाई ७७ रनले हरायो। मध्य पश्चिमले दिएको १९२ रनको लक्ष्य पछ्याएको त्रिभुवन विश्वविद्यालय १८.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ११४ रनमा सीमित भएको थियो।

त्रिभुवन विश्वविद्यालयका लोकेश बमले ४४ रनको योगदान गरे। यस अघि मध्य पश्चिमले ८ विकेटको क्षतिमा १९१ रन बनाएको हो। मध्य पश्चिमका रवीन्द्र जङ्ग शाहीले ६९ रन जोडे। दीपकप्रसाद डुम्रेले ६३ रन प्रहार गरे भने दिवन पुनले २३ रन बनाए।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ७ : ०२ बजे

उता खरिपाटीमा सुकुम्वासी फकाउन आधा दर्जन मन्त्री, यता बूढानीलकण्ठको दैलोमा बालेन

काठमाडौं- सुकुम्वासी र निम्न वर्गका जनतामाथि राज्यबाटै थिचिमिचो गरेर विचल्ली

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत– कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण

सुकुम्वासी बालबालिकाको वर्तमान र भविष्य दुवै बर्बादीतिर

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग आश्रमको होल्डिङ सेन्टरको गेटमा हिलाम्मे कपडामा

सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ: गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार

तीन विद्यालयलाई शैक्षिक सहयोग

काठमाडौं– स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुल र प्राइम कमर्सियल बैंक लिमिटेडको