पाथीभरा प्रकरणमा गृहमन्त्रीको विज्ञप्ति – घाइतेलाई उपचार आश्वासन, विवाद मिलाउन अनुरोध « Khabarhub

पाथीभरा प्रकरणमा गृहमन्त्रीको विज्ञप्ति – घाइतेलाई उपचार आश्वासन, विवाद मिलाउन अनुरोध


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण विरोध गर्दै पहिचानवादी समूहले गरेको आन्दोलनमा भएको प्रहरी दमनबारे औपचारिक विज्ञप्ति सार्वजनिक गरेका छन्‌ ।

मङ्गलबार साँझ एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले पाथीभरा घटनामा २१ जना प्रहरी र तीन सर्वसाधारण घाइते भएको जनाएको छ । सबै घाइतेहरूको उपचार सरकारले गर्ने प्रबन्ध मिलाइएको पनि मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

मन्त्रालयले केबलकार निर्माणबारे भएको विवादका विषयलाई शान्तिपूर्ण ढङ्गले निष्कर्षमा पुर्‍याउन पनि आग्रह गरेको छ ।

शनिबार सुरक्षाकर्मीसँग पाथीभरामा ‘नो केबलकार समूह’को झडप हुँदा २४ जनाभन्दा धेरै घाइते भएका थिए । सुरक्षाकर्मीतिर २० जना र प्रदर्शनकारीतिर ४ जना घाइते भएका थिए । प्रदर्शनकारीमध्ये दुई जनालाई गोली लागेको छ भने एकजनाको कुमको हड्डी भाँचिएको छ ।

यो पनि-
केबलकार चढेर कान्छीथानबाट कसरी धागो टाङ्ने ?’

पाथीभरा माताले ओली सरकारको रक्षा गरुन् !

केबलकारले ताप्लेजुङमा बढ्दो तनाव : प्रदर्शनकारी घरेलु हतियारसहित उत्रिए, प्रहरीले गोली चलायो

पाथीभरा केबलकार घटना : वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आग्रह

पाथीभरामा केबलकार निर्माण रोक्न राजेन्द्र महतोको माग

पाथीभरा केबलकार : तीन पालिकालाई बहिस्कार, विकास समिति बेखबर

साला ! लिम्बुवानमा के छ ?

मुक्कुमलुङ, पाथीभरा र केबलकार : एक बागीको वयान

मुक्कुमलुङ आन्दोलनका ५ एजेन्डा, केबलकार रोकिन्छ

तनाव बढेपछि पाथीभरा केबलकारको सन्दर्भमा गृहमन्त्री लेखकले मङ्गलबार साँझ ताप्लेजुङ, इलाम, पाँचथर, धनकुटा र संखुवासभाका सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका थिए ।

गृह मन्त्रालयको विज्ञप्तिः

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १० : २२ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६