पाथीभरा प्रकरणमा गृहमन्त्रीको विज्ञप्ति – घाइतेलाई उपचार आश्वासन, विवाद मिलाउन अनुरोध « Khabarhub

पाथीभरा प्रकरणमा गृहमन्त्रीको विज्ञप्ति – घाइतेलाई उपचार आश्वासन, विवाद मिलाउन अनुरोध


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण विरोध गर्दै पहिचानवादी समूहले गरेको आन्दोलनमा भएको प्रहरी दमनबारे औपचारिक विज्ञप्ति सार्वजनिक गरेका छन्‌ ।

मङ्गलबार साँझ एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले पाथीभरा घटनामा २१ जना प्रहरी र तीन सर्वसाधारण घाइते भएको जनाएको छ । सबै घाइतेहरूको उपचार सरकारले गर्ने प्रबन्ध मिलाइएको पनि मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

मन्त्रालयले केबलकार निर्माणबारे भएको विवादका विषयलाई शान्तिपूर्ण ढङ्गले निष्कर्षमा पुर्‍याउन पनि आग्रह गरेको छ ।

शनिबार सुरक्षाकर्मीसँग पाथीभरामा ‘नो केबलकार समूह’को झडप हुँदा २४ जनाभन्दा धेरै घाइते भएका थिए । सुरक्षाकर्मीतिर २० जना र प्रदर्शनकारीतिर ४ जना घाइते भएका थिए । प्रदर्शनकारीमध्ये दुई जनालाई गोली लागेको छ भने एकजनाको कुमको हड्डी भाँचिएको छ ।

यो पनि-
केबलकार चढेर कान्छीथानबाट कसरी धागो टाङ्ने ?’

पाथीभरा माताले ओली सरकारको रक्षा गरुन् !

केबलकारले ताप्लेजुङमा बढ्दो तनाव : प्रदर्शनकारी घरेलु हतियारसहित उत्रिए, प्रहरीले गोली चलायो

पाथीभरा केबलकार घटना : वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आग्रह

पाथीभरामा केबलकार निर्माण रोक्न राजेन्द्र महतोको माग

पाथीभरा केबलकार : तीन पालिकालाई बहिस्कार, विकास समिति बेखबर

साला ! लिम्बुवानमा के छ ?

मुक्कुमलुङ, पाथीभरा र केबलकार : एक बागीको वयान

मुक्कुमलुङ आन्दोलनका ५ एजेन्डा, केबलकार रोकिन्छ

तनाव बढेपछि पाथीभरा केबलकारको सन्दर्भमा गृहमन्त्री लेखकले मङ्गलबार साँझ ताप्लेजुङ, इलाम, पाँचथर, धनकुटा र संखुवासभाका सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका थिए ।

गृह मन्त्रालयको विज्ञप्तिः

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १० : २२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार