सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साधारणसभा चैतमा « Khabarhub

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साधारणसभा चैतमा


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चैत ८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । 

सभा अनमोल बेंक्वेट, शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।

यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

यता, बोनस सेयर वितरण भएपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुरूप प्रबन्धपत्र संशोधन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान परिवर्तन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायत प्रस्तावहरू पनि सभामा पेश हुनेछ। 

सभा प्रयोजनका लागि फागुन २६ गते बुक क्लोज हुने भएकाले फागुन २५ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ९ : ५३ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी