खानेपानी ट्यांकी प्रयोग नहुँदै जीर्ण « Khabarhub

खानेपानी ट्यांकी प्रयोग नहुँदै जीर्ण


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दाङ– तुलसीपुर उपमहानगरपालिका–१९ स्थित सक्राममा बनेको खानेपानी ट्यांकी प्रयोग नहुँदै जीर्ण बनेको छ । पाँच वर्षअघि निर्माण पूरा भएको त्यो ट्यांकी प्रयोगमा नै नआई जीर्ण बनेको हो । ७५ लाख लागतमा उक्त ट्यांकी निर्माण गरिएको थियो ।

जुरपनिया मैनतारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले बनाएको उक्त ट्यांकी डेढ लाख लिटर क्षमताको छ । 

‘न त त्यहाँ कुनै ठाउँबाट पानी जान सक्छ, न त नजिक पानीका मुहान नै छन्’, स्थानीय देवराज वलीले भने, ‘हामी ट्यांकी निर्माण गर्दादेखि नै अचम्मित भएका थियौँ, अहिले प्रयोगमा नआएपछि झनै अचम्मित भएका छौँ ।’ मुन्द्रकोट सामुदायिक वन क्षेत्रमा उक्त खानेपानी ट्यांकी निर्माण भएको हो । 

त्यहाँबाट केही दिन पानी तानिएको थियो । स्थानीय खोलाबाट पम्पिङ गरेर पानी तानिएको भए पनि वर्षात्को समयमा पानी नतान्ने अवस्था भएपछि प्रयोगविहीन अवस्थामा रहेको खानेपानी संस्थाका अध्यक्ष रामकुमार डाँगीले बताए। 

‘हामीले केही समय पानी ट्यांकीमा राख्यौँ’, उनले भने, ‘तर, त्यो लामो समयसम्म पानी ल्याउन सकिएन ।’

धमधमेबाट त्यहाँ पानी ल्याउन सकिन्छ कि भनेर पनि छलफल अगाडि बढाएकामा स्थानीयले नमान्दा समस्या भएको उनको भनाइ छ ।

खानेपानी संस्थाको प्रतिवेदनमा पनि यो ट्यांकीलाई काम लगाउन नसकिने उल्लेख छ । सचिव राकेश बस्नेतले सभामा पेस गरेको प्रतिवेदनमा सोही ट्यांकी पानी लैजान सकिने अवस्था नरहेको उल्लेख छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १० : १५ बजे

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

भरतपुर– एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता

चिनियाँ सहर : जहाँ गगनचुम्बी भवनबीच छाएको छ हरियाली (तस्बिरहरू)

काठमाडौं– कुनै समय विश्वमै धेरै वातावरणीय प्रदूषण गरेको आरोप झेल्दै

सुनचाँदीको मूल्य लगातार उकालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको