खानेपानी ट्यांकी प्रयोग नहुँदै जीर्ण | Khabarhub Khabarhub

खानेपानी ट्यांकी प्रयोग नहुँदै जीर्ण


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दाङ– तुलसीपुर उपमहानगरपालिका–१९ स्थित सक्राममा बनेको खानेपानी ट्यांकी प्रयोग नहुँदै जीर्ण बनेको छ । पाँच वर्षअघि निर्माण पूरा भएको त्यो ट्यांकी प्रयोगमा नै नआई जीर्ण बनेको हो । ७५ लाख लागतमा उक्त ट्यांकी निर्माण गरिएको थियो ।

जुरपनिया मैनतारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले बनाएको उक्त ट्यांकी डेढ लाख लिटर क्षमताको छ । 

‘न त त्यहाँ कुनै ठाउँबाट पानी जान सक्छ, न त नजिक पानीका मुहान नै छन्’, स्थानीय देवराज वलीले भने, ‘हामी ट्यांकी निर्माण गर्दादेखि नै अचम्मित भएका थियौँ, अहिले प्रयोगमा नआएपछि झनै अचम्मित भएका छौँ ।’ मुन्द्रकोट सामुदायिक वन क्षेत्रमा उक्त खानेपानी ट्यांकी निर्माण भएको हो । 

त्यहाँबाट केही दिन पानी तानिएको थियो । स्थानीय खोलाबाट पम्पिङ गरेर पानी तानिएको भए पनि वर्षात्को समयमा पानी नतान्ने अवस्था भएपछि प्रयोगविहीन अवस्थामा रहेको खानेपानी संस्थाका अध्यक्ष रामकुमार डाँगीले बताए। 

‘हामीले केही समय पानी ट्यांकीमा राख्यौँ’, उनले भने, ‘तर, त्यो लामो समयसम्म पानी ल्याउन सकिएन ।’

धमधमेबाट त्यहाँ पानी ल्याउन सकिन्छ कि भनेर पनि छलफल अगाडि बढाएकामा स्थानीयले नमान्दा समस्या भएको उनको भनाइ छ ।

खानेपानी संस्थाको प्रतिवेदनमा पनि यो ट्यांकीलाई काम लगाउन नसकिने उल्लेख छ । सचिव राकेश बस्नेतले सभामा पेस गरेको प्रतिवेदनमा सोही ट्यांकी पानी लैजान सकिने अवस्था नरहेको उल्लेख छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १० : १५ बजे

एमालेमा फरक मतलाई निषेध, आधा घण्टा उभिँदा पनि बोल्न पाएनन् कर्ण थापा

काठमाडौँ – नेकपा (एमाले) भित्रको आन्तरिक लोकतन्त्र गम्भीर संकटमा परेको

एआईको उपयोग सम्बन्धमा अध्ययन गरिरहेका छौँ : सभामुख घिमिरे

पाटन– सभामुख देवराज घिमिरेले कृत्रिम बौद्धिकता (एआई)को उपयोगले काम गर्न

भक्तपुरमा आजदेखि इन्द्र जात्रा 

भक्तपुर– भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट बाजागाजासहित

व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैन : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि पार्टी गलत

‘सञ्चार क्षेत्रले सरकारका कमजोरी औँल्याउने र राम्रा काम जनतासम्म पुर्‍याउनुपर्छ’

काठमाडौं– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चार जगत्ले सरकारका कमजोरी