सिन्धुपाल्चोक भूकम्प- भाग्ने क्रममा कैदीको हात मर्कियो, प्रहरीको दाँत भाँचियो, अर्का व्यक्तिको टाउको फुट्यो « Khabarhub

सिन्धुपाल्चोक भूकम्प- भाग्ने क्रममा कैदीको हात मर्कियो, प्रहरीको दाँत भाँचियो, अर्का व्यक्तिको टाउको फुट्यो


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा गएको भूकम्पका क्रममा कम्तीमा तीनजना घाइते भएको खुलेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार भूकम्पका क्रममा भौतिक संरचनाले किचेरभन्दा भाग्ने क्रममा दुईजना घाइते भएका हुन् ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार जिल्लाका दुईजना भूकम्पका क्रममा घाइते भएका छन् ।

६.१ म्याग्निच्युडको यो भूकम्प सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ भैरवकुण्डलाई केन्द्रबिन्दु बनाएर गएको थियो। त्यसक्रममा भागेर घरबाट निस्किने क्रममा दुईजना घाइते भएका हुन् ।

भूकम्पका क्रममा आत्तिएर भाग्दा चौतारास्थित सिन्धुपाल्चोक कारागारमा रहेका कैदीबन्दी भोटेकोशी गाउँपालिका–५ निवासी ३३ वर्षीय स्याङ्बो तामाङ लडेर घाइते भएका छन् ।

सहायक प्रजिअ नेपालीका अनुसार तामाङ भूकम्पका क्रममा डबलटेकर खाटबाट भाग्ने क्रममा लडेर हात मर्किएको हो । उनलाई अहिले उपचारका लागि जिल्ला अस्पताल चौतारामा भर्ना गरिएको छ । घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य छ ।

उता, सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका-११ कटुन्जे बस्ने ४३ वर्षीय रुपेश तामाङ भूकम्प आएपछि घरबाट निस्कने क्रममा चिप्लेर लडेका छन् ।

चिप्लेर लडेका उनको टाउकोमा चोट लागेर घाइते भएका छन् । अहिले उनलाई उपचारको लागि आफन्तले मेलम्ची नगर अस्पतालमा भर्ना गराएका छन् ।

भूकम्पकै क्रममा धादिङमा एकजना प्रहरी घाइते हुन पुगेका छन् । धादिङको गजुरी गाउँपालिका-१ स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान आकाश रेग्मी भाग्ने क्रममा ब्यारेक कोठाको भित्तामा ठोकिँदा नाकको हड्डी चर्किएको छ ।

प्रहरी जवान रेग्मी भाग्ने क्रममा अगाडिको एउटा दाँत भाँच्चिएको छ । घाइते रेग्मीको गजुरी अस्पतालमा उपचारपछि डिस्चार्ज भएर इप्रकामै आराम गरिरहेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १२ : ३२ बजे

सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्याल कैलालीको धनगढी पुगेका छन्। मंगलबार

त्रियुगा नगरपालिकाको नयाँ भवन निर्माण

उदयपुर– त्रियुगा नगरपालिकाको सुविधासम्पन्न चारतले भवन निर्माण भएको छ ।

नवलपुरमा थपिए ९ हजार मतदाता

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन्

भोजपुर नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित

भोजपुर– समाज निर्माणमा जीवनभर पुर्‍याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४

हुलाकी राजमार्ग : इनरुवा सडकको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज सडकको ठेक्का तोडिएको छ।