सिन्धुपाल्चोक भूकम्प- भाग्ने क्रममा कैदीको हात मर्कियो, प्रहरीको दाँत भाँचियो, अर्का व्यक्तिको टाउको फुट्यो « Khabarhub

सिन्धुपाल्चोक भूकम्प- भाग्ने क्रममा कैदीको हात मर्कियो, प्रहरीको दाँत भाँचियो, अर्का व्यक्तिको टाउको फुट्यो


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा गएको भूकम्पका क्रममा कम्तीमा तीनजना घाइते भएको खुलेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार भूकम्पका क्रममा भौतिक संरचनाले किचेरभन्दा भाग्ने क्रममा दुईजना घाइते भएका हुन् ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार जिल्लाका दुईजना भूकम्पका क्रममा घाइते भएका छन् ।

६.१ म्याग्निच्युडको यो भूकम्प सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ भैरवकुण्डलाई केन्द्रबिन्दु बनाएर गएको थियो। त्यसक्रममा भागेर घरबाट निस्किने क्रममा दुईजना घाइते भएका हुन् ।

भूकम्पका क्रममा आत्तिएर भाग्दा चौतारास्थित सिन्धुपाल्चोक कारागारमा रहेका कैदीबन्दी भोटेकोशी गाउँपालिका–५ निवासी ३३ वर्षीय स्याङ्बो तामाङ लडेर घाइते भएका छन् ।

सहायक प्रजिअ नेपालीका अनुसार तामाङ भूकम्पका क्रममा डबलटेकर खाटबाट भाग्ने क्रममा लडेर हात मर्किएको हो । उनलाई अहिले उपचारका लागि जिल्ला अस्पताल चौतारामा भर्ना गरिएको छ । घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य छ ।

उता, सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका-११ कटुन्जे बस्ने ४३ वर्षीय रुपेश तामाङ भूकम्प आएपछि घरबाट निस्कने क्रममा चिप्लेर लडेका छन् ।

चिप्लेर लडेका उनको टाउकोमा चोट लागेर घाइते भएका छन् । अहिले उनलाई उपचारको लागि आफन्तले मेलम्ची नगर अस्पतालमा भर्ना गराएका छन् ।

भूकम्पकै क्रममा धादिङमा एकजना प्रहरी घाइते हुन पुगेका छन् । धादिङको गजुरी गाउँपालिका-१ स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान आकाश रेग्मी भाग्ने क्रममा ब्यारेक कोठाको भित्तामा ठोकिँदा नाकको हड्डी चर्किएको छ ।

प्रहरी जवान रेग्मी भाग्ने क्रममा अगाडिको एउटा दाँत भाँच्चिएको छ । घाइते रेग्मीको गजुरी अस्पतालमा उपचारपछि डिस्चार्ज भएर इप्रकामै आराम गरिरहेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १२ : ३२ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा