पूर्वराजदूत कर्णको टिप्पणी- भूमिसम्बन्धी अध्यादेश संसद्‍ले पारित गरे मुलुकमा लुटतन्त्र मच्चिन्छ « Khabarhub

पूर्वराजदूत कर्णको टिप्पणी- भूमिसम्बन्धी अध्यादेश संसद्‍ले पारित गरे मुलुकमा लुटतन्त्र मच्चिन्छ


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजदूत विजयककान्त कर्ण सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश संसद्बाट पारित भए मुलुकमा लुटतन्त्र मच्चिने टिप्पणी गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट बौद्धिक पेशाकर्मी महासंघले शुक्रबार आयोजना गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रियामा विज्ञका रूपमा बोल्दै कर्णले यस्तो टिप्पणी गरेका हुन् ।

सरकारदेखि मन्त्रीहरू परिवर्तन गर्न सक्ने र सचिवहरू सरूवा गर्न सक्ने वर्गले भूमिसम्बन्धी अध्यादेश ल्याउन लगाएको कर्णको दावी थियो ।

‘गभरमेन्ट चेन्ज गर्न सक्ने, मन्त्री चेन्ज गर्न सक्ने, सचिवको सरुवा गर्न सक्ने वर्गले यो अध्यादेश ल्याएको छ । ओलीजीको एउटामात्रै ध्यान कसरी पैसा जम्मा गर्नेमा छ,’ उनले भने, ‘जुन दिन यो अध्यादेश पारित भएर इफेक्ट्ली लागू हुन्छ, त्यो दिनदेखि देशमा लुटतन्त्र सुरु हुन्छ । हुन त लुट अहिले पनि चलेकै छ ।’

पूर्वराजदूत कर्णले सरकारले गत माघ २ गते ल्याएको भूमिसम्बन्धी अध्यादेशको विरोधमा सदनमात्रै नभएर सडकमा पनि आन्दोलन आवश्यक रहेकोमा जोड दिए ।

‘जनता समाजवादी लगायतका पार्टीहरू जसले यसको विरोध गरेका छन्, त्यो बहुतै महत्वपूर्ण काम हो । संसद्मा यसको विरोध हुनुपर्छ,’ कर्णले भने, ‘सडकमा पनि यसको विरोध हुनुपर्छ । यसले पिपुलको कुनै इन्ट्रेस्ट सर्भ गर्दैन । यो सर्टेन गभरनेन्स सिस्टमलाई कार्टेलिङ गरेर कन्ट्रोल गर्ने केही व्यक्तिहरूको चाहनामा आएको छ ।’

भूमिसम्बन्धी अध्यादेश प्रकृतिक प्रकोपका दृष्टिकोणबाट पनि उचित नभएको कर्णको भनाइ छ । ‘६ महिनामा यो काठमाडौंमा एक बुँदा पानी परेको छैन । ठूलो डिजास्टरको सम्भावना भएको छ यो मुलुकमा। भर्खरै हामीले काठमाडौंमा देखेका छौँ,’ उनले भने, ‘कति ठूलो तहस–नहस भयो बागमती र मनोहराले गर्दा । अब यसलाई डिजास्टरको परस्पेक्टिभबाट हेर्नुभयो भने यो बहुत डेन्जरस् छ यो अध्यादेश ।’

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ४ : १३ बजे

बूढासुब्बा गोल्डकपः धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश

सुनसरी – छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौं – यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य

हत्यामा संलग्न रहेको आरोपमा नुवाकोटबाट दुई जना पक्राउ

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या

गोरेटो एजुकेशनल कन्सल्टेन्सीको पाँचौँ साधारणसभा सम्पन्न

काठमाडौँ- गोरेटो एजुकेशनल कन्सल्टेन्सीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बैतडी बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। पुर्चौडी