तीव्र गतिमा विकास हुँदै भारतको खेलौना उद्योग « Khabarhub

तीव्र गतिमा विकास हुँदै भारतको खेलौना उद्योग


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा खेलौना उद्योगको तीव्र विस्तार भइरहेको पाइएको छ । पञ्जाब नेशनल बैंकको रिपोर्ट अनुसार यस उद्योगको तीव्र विस्तारका कारण विगत ५ वर्षमा भारतबाट खेलौनाको निर्यात ४० प्रतिशतले वृद्धि भएको छ । सोही अवधिमा भारतमा खेलौनाको आयात भने ७९ प्रतिशतले घटेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतको खेलौना उद्योग सन् २०२३ मा लगभग १.५ अर्ब अमेरिकी डलर बराबर रहेको छ ।

आर्थिक वर्ष सन् २०२५/२६ को बजेटले ‘मेड इन इण्डिया’ ब्रान्ड अन्तर्गत उच्च गुणस्तरका खेलौना उत्पादन गर्ने योजनालाई सहयोग गर्ने नीति लिएको छ ।

बैंकको रिपोर्टअनुसार सन् २०३२ मा विश्व खेलौना बजारको कुल मूल्य १ खर्ब ७९ अर्ब अमेरिकी डलर बराबर पुग्ने देखिएको छ । भारतमा खेलौनाको उत्पादन बढ्दै जाँदा भारतीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेमात्र नभई यसले भारतलाई विश्वव्यापी औद्योगिक उत्पादनको केन्द्रका रूपमा विकास गर्ने सरकारको लक्ष्यलाई थप सुदृढ बनाउने अपेक्षा अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ५ : ०९ बजे

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला