भारतको उत्तराखण्डमा हिमपहिरो, ४१ जना कामदार बेपत्ता « Khabarhub

भारतको उत्तराखण्डमा हिमपहिरो, ४१ जना कामदार बेपत्ता


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको उत्तराखण्ड राज्यस्थित चमोलीको मानामा सडक निर्माणमा संलग्न ५७ जना कामदार हिमपहिरोमा फसेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म १६ जना कामदारलाई उद्धार गरिएको छ । उद्धार गरिएका उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । हिमपहिरोमा अझै पनि ४१ जना कामदार बेपत्ता छन् ।

शुक्रबार दिउँसो बद्रीनाथ धामअगाडि मानामा हिमनदी फुटेका कारण यो दुर्घटना भएको हो । त्यस स्थानमा सेनाको आवतजावतका लागि सडकबाट हिउँ हटाउने ५७ जना कामदारहरू खटिएका बेला घटना भएको बताइएको छ ।

अहिले सेनासँगै उद्धार टोलीहरू घटनास्थलमा पठाइएको छ । पानी र हिउँ परिरहेकोले उद्धारमा कठिनाई भएको छ । खराब मौसमका कारण हेलिकप्टरको प्रयोग गर्न पनि नसकिएको बताइएको छ ।

केन्द्रीय गृहमन्त्री अमित शाहले पनि घटनाबारे लेखेका छन्, ‘उत्तराखण्डको चमोलीमा हिमनदी फुटेको बारेमा मुख्यमन्त्री पुस्कर धामीसहित डीजी, आइटीबीपी र एनडीआरएफ डिजीसँग कुरा गरेँ । हाम्रो प्राथमिकता दुर्घटनामा फसेकालाई सुरक्षित निकाल्नु हो । स्थानीय प्रशासन पूर्ण तयारीसाथ उद्धारमा जुटेको छ । दुई एनडीआरएफ टोली पनि घटनास्थलमा पुग्दैछन् ।’

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ५ : ४२ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख