मधेशको विकास र समृद्धिमा ध्यान केन्द्रित गर्छौँ : अध्यक्ष दाहाल | Khabarhub Khabarhub

मधेशको विकास र समृद्धिमा ध्यान केन्द्रित गर्छौँ : अध्यक्ष दाहाल


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सप्तरी- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशको विकास र समृद्धिमा आफू नेतृत्वको पार्टीले निरन्तर ध्यान दिँदै आएको बताएका छन् ।

तराई मधेश जागरण अभियानअन्तर्गत खडक नगरपालिकामा आज आयोजित साक्षर नगरपालिका निर्माण अभियान कार्यक्रममा उनले भने, ‘सुशासन कायम गर्नुपर्‍यो, मधेशको विकास निर्माण र समृद्धिमा ध्यान केन्द्रित गर्नुपर्‍यो, भनेर म लगायत पार्टीको सिङ्गो नेतृत्व टिम अहिले तराई मधेस अभियानमा आएको छ ।’

सङ्घीयता, समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता माओवादी भएकाले अब माओवादी र मधेसी जनताको एकता अपरिहार्य भइसकेको उनले जिकिर गरे ।

अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामकरण पहिचानबाट भएकामा गर्व महसुस भएको उल्लेख गर्दै अध्यक्ष दाहालले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित नहुने हो भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत गराए । 

आफूलाई मधेसवादी भन्ने दलहरूको दिशा जनतातिर नभई प्रतिक्रियावादीतिर उन्मुख रहेको उनको आरोप थियो । 

माओवादीले सबैभन्दा पहिले मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै अध्यक्ष दाहालले मधेससँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने सहिदका सपना पूरा गर्ने जिम्मेवारी माओवादीले लिने प्रतिबद्धता जनाए । 

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ६ : ४८ बजे

मधेसका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ 

महेन्द्रनगर– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पद तथा

राजेश हमाल होस्ट रहेको रियालिटी शो ‘र’को प्रसारण आजबाट सुरु

काठमाडौं – महानायक राजेश हमाल प्रस्तोता रहेको नेपालको पहिलो कृषि

पर्सा प्रहरीले गर्‍यो ६७ युनिट रगत संकलन

वीरगञ्ज– ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा यहाँस्थित जिल्ला प्रहरी

एसियन कप खेलेर स्वदेश फर्कियो नेपाली टोली 

काठमाडौं– एएफसी एसियन कप छनोट खेल्न भियतनाम पुगेको नेपाली राष्ट्रिय

राष्ट्रपति ट्रम्पको स्वीकृतिसँगै सीआईएले भेनेजुएलाविरुद्ध कारवाही गर्ने

वाशिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भेनेजुएलाविरुद्ध गोप्य रूपमा केन्द्रीय