उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात « Khabarhub

उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – उपल्लो मुस्ताङको उच्च लेकमा आज बिहानदेखि हिमपात भएको छ । उच्च हिमाली लेकमा हिमपात भए पनि बस्ती क्षेत्रमा भने हिमपात हुन सकेको छैन ।

उपल्लो मुस्ताङमा यो मौसमको पहिलो हिमपात परेको स्थानीय बताउँछन् । चराङबाट माथि उत्तरी कोरला नाकासम्मको उच्च लेकमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । उच्च लेकमा हिमपात भएसँगै यहाँका डाँडाकाँडा सेताम्मे हुन थालेका उनले बताए ।

“बिहानैदेखि मौसम प्रतिकूल भएकाले हिउँ पर्ने सम्भावना थियो”, प्रमुख पौडेलले भने, “बस्तीमाथिको लेकमा हिउँ परे पनि बस्ती क्षेत्रमा भने हिउँ परेको छैन, आंशिक वर्षा भने भएको छ ।” उनका अनुसार उच्च लेक र खर्कमा हिमपात भएसँगै बस्ती आसपासका डाँडाकाँडा मनमोहक र सुन्दर देखिएका छन् ।

“यसअघि बर्सेनि उपल्लो मुस्ताङमा कात्तिकमा हिउँ पर्ने गथ्र्यो । हिउँको समयमा तीन–चारपटकसम्म हिउँ पर्ने गर्दथ्यो । यस वर्ष भने पहिलो पटक हिउँ परेको छ”, पौडेलले भने। यस क्षेत्रमा हिउँ परेसँगै उपल्लो मुस्ताङ र उत्तरी कोरलानाका अवलोकनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटक हिउँ खेल्दै रमाइरहेका उनको भनाइ छ ।

यसैगरी मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ क्षेत्रमा पनि सामान्य हिमपात भएको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए । उनका आज बिहानदेखि सामान्य हिमापात भए पनि तापक्रम बढेकाले हिउँ जमिनमा जम्न नसकेको बताए । उनका अनुसार मुक्तिनाथमा फागुनको पहिलो साता पनि आंशिक हिमपात भएको थियो ।

मुक्तिनाथ क्षेत्र र उपल्लो मुस्ताङका उच्च लेकमा आंशिक हिमपात भए पनि तल्लो मुस्ताङमा हिमपात हुन सकेको छैन । हिउँ पर्ने सम्भावना रहेको बताउँदै उत्तरी क्षेत्रमा आएको हुरीबतासले हिउँ पर्न नसकेको जोमसोमका स्थानीय अजित थकालीले बताए । मुस्ताङको मौसम प्रतिकूलतासँगै अत्यधिक चिसो बढेको छ । हिउँ परेमा न्यानो महसुस हुने भन्दै हिउँ नपर्दा चिसो बढेकाले जनजीवन थप प्रभावित बनेको उनको भनाइ छ ।

हिउँदयामको अनुकूल समयमा परेको हिउँ किसानका लागि बरदान सावित भन्दै अहिले बेमौसमे हिउँले किसानलाई क्षति पु¥याउने स्थानीय थकालीले उल्लेख गरे । “गर्मीयाम सुरु हुन लागेको र यहाँको शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूलमा फूल फुल्न थालेकाले भारी हिमपातले स्याउसहित अन्य अन्नबालीलाई असर पुग्न सक्ने सम्भावन छ”, उनले भने ।

पछिल्लो समय जलवायु परिवर्तनको असरले मुस्ताङमा भारी हिमपात हुन सकेको छैन । जलवायु परिवर्तनको असरका कारण कुनै वर्ष भारी हिउँ पर्ने, कुनै वर्ष आंशिक र कुनै वर्ष हिउँ नै नपर्ने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १० : ४१ बजे

‘सनरूफ’बाट हात हल्लाउँदै देउवा (तस्बिहरू)

काठमाडौं– साढे ५ महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति

जनताका चाहना असीमित, स्रोत सीमित छ : अर्थमन्त्री

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न

जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु

भद्रपुर– जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको

देउवालाई स्वागत गर्ने नेताहरूको भिडमा भेटिएनन् शेखर

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिनापछि काठमाडौंमा

छानबिन प्रतिवेदन सार्वजनिक गरेकोमा एनसेलले गर्‍यो सरकारको भर्त्सना

काठमाडौं– सरकारले ‘एनसेलको शेयर खरिदबिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन,