गणतन्त्र पक्षधर र राजावादी समूहको प्रदर्शन: उपत्यकामा कडा सुरक्षा, कस्तो होला ट्राफिक ? « Khabarhub

गणतन्त्र पक्षधर र राजावादी समूहको प्रदर्शन: उपत्यकामा कडा सुरक्षा, कस्तो होला ट्राफिक ?

गणतन्त्र पक्षधर भृकुटीमण्डपमा, राजावादी समूह तीनकुनेमा


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा शुक्रबार गणतन्त्र पक्षधर र राजावादी समूहले प्रदर्शन गर्दैछन्। प्रदर्शन हुने भएपछि सरकार र स्थानीय प्रशासनले उपत्यकाको सुरक्षालाई सुस्त बनाएको छ। प्रदर्शनका लागि निश्चित क्षेत्र तोकेर सरकारले सुरक्षा व्यवस्थापन कडा बनाएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डप र राजतन्त्र पक्षधर समूहलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ। दुई प्रदर्शनको सुरक्षा मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले संयुक्त सुरक्षा संयन्त्र तयार पारी आवश्यक सुरक्षा व्यवस्था तयार पारेका छन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रदर्शनलाई मध्यनजर गर्दै कार्यक्रम स्थल तोकिएको र सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन्। ‘दुई फरक समूहको प्रदर्शन शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षाकर्मी परिचालन गरी कार्यक्रम स्थल, र्‍यालीका लागि प्रयोग गरिने रुट फरक पारी सभास्थलको सुरक्षा व्यवस्था चुस्त पारिएको छ’, उनले भनेका छन्।

गणतन्त्र पक्षधरको प्रदर्शन समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपा विप्लव समूह मिलेर गर्दैछन् भने राजतन्त्रसहितको हिन्दुराज्यको माग राखी राप्रपासहित विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नामबाट प्रदर्शनको तयारी गरेको छ। यो समूहका प्रवक्ता स्वागत नेपालले आन्दोलनका स्वरुपलाई पूर्ण रुपमा अहिंसात्मक र शान्तिपूर्ण बनाउन आन्दोलनरत पक्षसँग अनुरोध गरेका छन्।

गणतन्त्र पक्षधर समाजवादी मोर्चाले विभिन्न आठ रुट माइतीघर मण्डला, कुपण्डोल, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, सोह्रखुट्टे, शान्तिबाटिका, मैतिदेवीबाट र्‍यालीसहित प्रदर्शन गर्दैछ। उनीहरुको कोणसभा भृकुटीमण्डपमा हुनेछ।

र्याली र प्रदर्शन हुने क्षेत्रमा यात्रा नगर्न र यात्रा गर्नुपर्ने वैकल्पिक बाटो प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ। काठमाडौंका सिडिओ तिवारीले भने, ‘हामीले सुरक्षा व्यवस्थापनको लागि पूर्ण तयारी गरेका छौँ। एकीकृत रुपमा सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन, व्यवस्थापनका लागि समन्वय गरेका छौं। कुनै पनि अप्रिय घटना हुन नदिन, ट्राफिक व्यवस्थापनका लागि वैकल्पिक मार्गको प्रयोग गर्ने लगायतका व्यवस्थापन हुन्छ।’

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ६ : ४५ बजे

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै