आयोजना प्रभावितलाई सीपमूलक तालिम « Khabarhub

आयोजना प्रभावितलाई सीपमूलक तालिम


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दमौली– एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई सीपमूलक तालिम प्रदान गरेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित हलुका सवारिसाधन चलाउने तालिम सञ्चालन गरिएको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ । 

तालिममा महिला र पुरुष गरी ३६ जनाको सहभागिता रहेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । छब्बीस दिनसम्म सञ्चालन हुने तालिममा आयोजना प्रभावित क्षेत्र म्याग्दे गाउँपालिकाका पाँच, ऋषिङ गाउँपालिकाका ११, भिमाद नगरपालिकाका १० र व्यास नगरपालिका १० जनाको सहभागिता रहेको भण्डारीले बताए। 

आयोजनाको जीविकोपार्जन पुनर्स्थापन योजनाअन्तर्गत आयोजना प्रभावितका लागि दमौली र भिमादमा दुई ठाउँमा तालिम सञ्चालन भइरहेको छ । भण्डारीले भने, ‘आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको हो ।’

यसैगरी, आयोजनाले सामुदायिक विकास कार्यक्रमअन्तर्गत ६८ वटा योजना सम्पन्न गरेको छ । उपभोक्ता समितिहरूमार्फत सञ्चालित योजना, कार्यक्रमको वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकबाट नियमित रूपमा अनुगमन तथा सुपरीवेक्षण भइरहेको भण्डारीको भनाइ छ । 

यस अवधिमा विजय आधारभूत विद्यालयको खेलमैदान, सडक निर्माणकार्य, सेती नदी बायाँ किनार संरक्षण कार्य, सिद्धबतासन सामुदायिक वनमा पोखरी निर्माण, ग्याजा महिला समूह भवन सहयोग, खानेपानी मुहान सुदृढीकरण तथा पाइप जडान कार्यको काम भइरहेको आयोजनाले जनाएको छ । 
 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ७ : ५५ बजे

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा