आयोजना प्रभावितलाई सीपमूलक तालिम « Khabarhub

आयोजना प्रभावितलाई सीपमूलक तालिम


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दमौली– एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई सीपमूलक तालिम प्रदान गरेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित हलुका सवारिसाधन चलाउने तालिम सञ्चालन गरिएको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ । 

तालिममा महिला र पुरुष गरी ३६ जनाको सहभागिता रहेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । छब्बीस दिनसम्म सञ्चालन हुने तालिममा आयोजना प्रभावित क्षेत्र म्याग्दे गाउँपालिकाका पाँच, ऋषिङ गाउँपालिकाका ११, भिमाद नगरपालिकाका १० र व्यास नगरपालिका १० जनाको सहभागिता रहेको भण्डारीले बताए। 

आयोजनाको जीविकोपार्जन पुनर्स्थापन योजनाअन्तर्गत आयोजना प्रभावितका लागि दमौली र भिमादमा दुई ठाउँमा तालिम सञ्चालन भइरहेको छ । भण्डारीले भने, ‘आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको हो ।’

यसैगरी, आयोजनाले सामुदायिक विकास कार्यक्रमअन्तर्गत ६८ वटा योजना सम्पन्न गरेको छ । उपभोक्ता समितिहरूमार्फत सञ्चालित योजना, कार्यक्रमको वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकबाट नियमित रूपमा अनुगमन तथा सुपरीवेक्षण भइरहेको भण्डारीको भनाइ छ । 

यस अवधिमा विजय आधारभूत विद्यालयको खेलमैदान, सडक निर्माणकार्य, सेती नदी बायाँ किनार संरक्षण कार्य, सिद्धबतासन सामुदायिक वनमा पोखरी निर्माण, ग्याजा महिला समूह भवन सहयोग, खानेपानी मुहान सुदृढीकरण तथा पाइप जडान कार्यको काम भइरहेको आयोजनाले जनाएको छ । 
 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ७ : ५५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने