क्यानडाका प्रधानमन्त्री भन्छन्, ‘अमेरिकासँगको पुरानो सम्बन्ध सकियो’ | Khabarhub Khabarhub

क्यानडाका प्रधानमन्त्री भन्छन्, ‘अमेरिकासँगको पुरानो सम्बन्ध सकियो’


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

ओटावा – क्यानडाका प्रधानमन्त्री मार्क कानीले अर्थतन्त्रका साथमा कडा सुरक्षा र सैन्य समन्वयको आधारमा अमेरिकासँग रहेको पुरानो सम्बन्ध सकिएको बताएका छन्।

क्याबिनेट बैठकपछि ओटावामा पत्रकारको माझमा बोल्दै उनले अमेरिकाले लिएको नयाँ करको नीतिपछि क्यानडाले अर्थतन्त्रकै बारेमा नयाँ ढङ्गले सोच्ने अवस्था आएको बताए।

उनले क्यानडाले अमेरिकालाई असर गर्ने गरी प्रतिशोधात्मक कर नीति लिने बताए। ट्रम्पले बुधबार कार र यसका पाटपुर्जामा २५ प्रतिशत कर लगाउने निर्णय गरेपछि कार्नीको यो प्रतिक्रिया आएको हो।

लिबरल पार्टीका नेता कार्नीले सन् १९६५ मा भएको अटोमोटिभ उत्पादनका विषयमा भएको अमेरिका र क्यानडाको सम्झौता दुवै देशका लागि सधैँका लागि उपयुक्त साबित भएको बताए।

उनले अमेरिकाको निर्णयपछि पनि उही ढङ्गले बजारमा रहनका लागि सबै व्यवसायीले पनि नयाँ ढङ्गले सोच्न आवश्यक रहेको बताए। अन्य साझेदारसँगको सम्बन्ध बारे पनि पुर्नविचार गर्दै क्यानडाले बजारमा प्रभाव जमाउन आवश्यक रहेको कुरामा उनले आफ्नो मत राखे।

यसअघि बिहीबार बिहान नै ट्रम्पले अमेरिका र युरोपेली शक्ति मिलेर क्यानडासँग नयाँ व्यापार युद्ध सुरु गरिसकेको बताएका थिए।

अमेरिकामा सबै भन्दा धेरै कार निर्यात गर्ने मेक्सिकोकी राष्ट्रपति क्लाउडियो सियनबउमले ३ अप्रिल कै दिनदेखि लागु हुनेगरी मेक्सिकोले पनि आन्तरिक तयारी गरेको बताएकी छिन्। उनले ती सबै विवरण भने खुलाइनन्।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ७ : ५८ बजे

‘मिसेस नेपाल वर्ल्ड’ बनिन् रक्षा पन्त

काठमाडौं – ‘मिसेस नेपाल वोल्र्ड २०२५’को उपाधि बुटवलकी रक्षा पन्तले

मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु

म्याग्दी– धवलागिरि गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको

फिल्म ‘झरीपछिको इन्द्रेणी’को गीत ‘फसायो लमीले’ बालेनको युट्युब च्यानलबाट सार्वजनिक

काठमाडौं – अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशनमा बनको फिल्म ‘झरीपछिको

कञ्चनपुरको कृष्णपुरमा ‘कोल्डस्टोरेज’ निर्माण प्रक्रिया अगाडि बढाइँदै

कञ्चनपुर– कृष्णपुर नगरपालिकाका किसानलाई तरकारी तथा कृषिजन्य वस्तु भण्डारणमा सहजता

दरबारमार्गमा जलरङ माध्यममा नौलो प्रयोग

काठमाडौं– कला सिर्जनाका माध्यममध्ये महत्त्वपूर्ण र सुरुआती माध्यम जलरङ हो