म्यानमारमा शक्तिशाली भूकम्प, थाइल्याण्डको राजधानीमासमेत धक्का महसुस  « Khabarhub

म्यानमारमा शक्तिशाली भूकम्प, थाइल्याण्डको राजधानीमासमेत धक्का महसुस 


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्यानमारमा शक्तिशाली भूकम्प गएको छ । समाचार एजेन्सी एपीकाअनुसार अमेरिकाको जियोलोजिकल सर्वे र जर्मनीको जीएफजेड सेन्टर फर जियोसाइन्सका अनुसार म्यानमार केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । 

एजेन्सीका अनुसार थाइल्याण्डको राजधानी बैंककमा पनि भूकम्पको झड्का महसुस गरिएको छ । भूकम्पपछि बैंककका कयौँ भवनहरू खाली गराइएको बीबीसीले जनाएको छ । 

अमेरिकी जियोलोजिकल सर्वेले भूकम्पको तीव्रता ७.७ रेक्टर स्केल रहेको जनाएको छ । तर, चीनको सरकारी न्युज एजेन्सी शिन्हुआले चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरलाई उद्धृत गर्दै भूकम्पको तीव्रता ७.९ रेक्टर स्केल रहेको दाबी गरेको छ । 

भूकम्पले म्यानमार र थाइल्याण्डमा पुर्‍याएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : १९ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध