इस्तानबुलका मेयरका वकिल पनि पक्राउ « Khabarhub

इस्तानबुलका मेयरका वकिल पनि पक्राउ


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल-  इस्तानबुलका जेलमा रहेका मेयर एकरेम इमामोग्लुले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्ना वकिललाई हिरासतमा लिइएको बताएका छन् । 

‘मेरा वकिल मेहमत पेहलिभानलाई बिना कुनै कसुर काल्पनिक आधारमा हिरासतमा लिइएको छ,’ इमामोग्लुले आफ्नो कानुनी टोलीमार्फत प्रकाशित एक्समा एक पोस्टमा भनेका छन् । 

उनले लेखेका छन्, ‘मानौँ लोकतन्त्रविरुद्धको ‘कू’ पर्याप्त थिएन, उनीहरू पीडितहरूले आफ्नो बचाउ गरेको सहन सक्दैनन् ।’ 

‘मेरो वकिललाई तत्काल रिहा गर्नुहोस्,’ उनले भने ।

गत मार्च १९ मा इमामोग्लुको गिरफ्तारीपछि देशभर भएको व्यापक विरोध प्रदर्शनको रिपोर्टिङका लागि टर्कीएका थप दुई जना पत्रकारलाई पनि पक्राउ गरिएको टर्कीए पत्रकार सङ्घ (टिजिएस) ले एक्समा गरेको एक पोस्टमा उल्लेख गरेको छ ।

उनीहरू एभ्रेन्सल अखबारका संवाददाता निसा सुडे डेमिरेल र इथा न्यूज एजेन्सीका लागि काम गर्ने एलिफ बेबट भएको पत्रकार सङ्घले जनाएको छ । 

पत्रकार सङ्घले जनाएको छ, ‘पत्रकारलाई आफ्नो काम गर्न दिइयोस् । सबै गैरकानुनीरूपमा हिरासतमा लिइएका नागरिक तथा पत्रकारको शीघ्र रिहाइ होस् ।’

टर्कीएका अधिकारीहरूले प्रदर्शनको रिपोर्टिङ गरेको आरोपमा सोमबार पक्राउ परेका ११ जना पत्रकारमध्ये केहीलाई बिहीबार रिहा गरिएको थियो । 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  २ : ५८ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका