इस्तानबुलका मेयरका वकिल पनि पक्राउ « Khabarhub

इस्तानबुलका मेयरका वकिल पनि पक्राउ


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल-  इस्तानबुलका जेलमा रहेका मेयर एकरेम इमामोग्लुले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्ना वकिललाई हिरासतमा लिइएको बताएका छन् । 

‘मेरा वकिल मेहमत पेहलिभानलाई बिना कुनै कसुर काल्पनिक आधारमा हिरासतमा लिइएको छ,’ इमामोग्लुले आफ्नो कानुनी टोलीमार्फत प्रकाशित एक्समा एक पोस्टमा भनेका छन् । 

उनले लेखेका छन्, ‘मानौँ लोकतन्त्रविरुद्धको ‘कू’ पर्याप्त थिएन, उनीहरू पीडितहरूले आफ्नो बचाउ गरेको सहन सक्दैनन् ।’ 

‘मेरो वकिललाई तत्काल रिहा गर्नुहोस्,’ उनले भने ।

गत मार्च १९ मा इमामोग्लुको गिरफ्तारीपछि देशभर भएको व्यापक विरोध प्रदर्शनको रिपोर्टिङका लागि टर्कीएका थप दुई जना पत्रकारलाई पनि पक्राउ गरिएको टर्कीए पत्रकार सङ्घ (टिजिएस) ले एक्समा गरेको एक पोस्टमा उल्लेख गरेको छ ।

उनीहरू एभ्रेन्सल अखबारका संवाददाता निसा सुडे डेमिरेल र इथा न्यूज एजेन्सीका लागि काम गर्ने एलिफ बेबट भएको पत्रकार सङ्घले जनाएको छ । 

पत्रकार सङ्घले जनाएको छ, ‘पत्रकारलाई आफ्नो काम गर्न दिइयोस् । सबै गैरकानुनीरूपमा हिरासतमा लिइएका नागरिक तथा पत्रकारको शीघ्र रिहाइ होस् ।’

टर्कीएका अधिकारीहरूले प्रदर्शनको रिपोर्टिङ गरेको आरोपमा सोमबार पक्राउ परेका ११ जना पत्रकारमध्ये केहीलाई बिहीबार रिहा गरिएको थियो । 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  २ : ५८ बजे

यी हुन् नेकपाले सुदूरपश्चिमबाट मैदानमा उतार्न लागेका उम्मेदवार

धनगढी– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धमाधम उम्मेदवार

गोविन्द वियोगी पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान

काठमाडौं– सम्पादक समाज नेपालले आफ्ना संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार

ह्याट्रिक जित निकालेको डोडी छोड्दै प्रेम आले, नेकपाले दियो कैलाली-५ को टिकट

धनगढी- नेकपा एकीकृत समाजवादीमा हुँदा अध्यक्ष माधवकुमार नेपालसँग तीव्र असन्तुष्टि

पाकिस्तानको पञ्जाबमा सडक दुर्घटना, १४ जनाको मृत्यु

इस्लामबाद– पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार बिहान भएको

वामदेव अब राष्ट्रिय सभाबाट प्रतिनिधि सभातिर, बर्दिया १ बाट उठ्न राजीनामा दिँदै

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम फागुन २१ गते