अराजकतातिर राजावादी, सञ्चारमाध्यमका कार्यालय तोडफोड, घरमा लगाइदिए आगो (तस्बिरहरू) « Khabarhub

अराजकतातिर राजावादी, सञ्चारमाध्यमका कार्यालय तोडफोड, घरमा लगाइदिए आगो (तस्बिरहरू)


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवराज सुवेदी र दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूहले हिंसा भड्किने गरी आफ्नो आन्दोलनलाई अराजकतातिर लगगेका छन् ।

तीनकुने क्षेत्रमा प्रदर्शनमा उत्रिएका राजावादी समूहले प्रहरीलाई ढुंगामुढादेखि सर्वसाधारणका घरमा आक्रमण र आगजनीसम्म गरेका छन् ।

प्रहरीले भवनमा चढेर अश्रुग्यास हानेको भन्दै अराजकतातिर अघि बढेका राजावादीले घरमा आगजनीसमेत गरेका छन् ।

उनीहरूले तीनकुनेस्थित अन्नपूर्ण पोस्टको कार्यालय रहेको भवनमासमेत ढुंगामुढा गरेका छन् । प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन अश्रुग्यास, पानीको फोहोरा र हवाइ फायरसमेत गरिरहेको छ ।

प्रदर्शनकारीले कान्तिपुर टेलिभिजनको कार्यालयमा पनि ढुंगामुढा गर्न भ्याएका छन् । अवस्था नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : १२ बजे

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै