उग्र बन्दै राजावादी, सञ्चारगृहपछि एकीकृत समाजवादीको कार्यालयमा तोडफोड, कागजपत्र निकालेर जलाए « Khabarhub

उग्र बन्दै राजावादी, सञ्चारगृहपछि एकीकृत समाजवादीको कार्यालयमा तोडफोड, कागजपत्र निकालेर जलाए


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजावादीहरूको प्रदर्शन झन् झन् उग्र बन्दै गएको छ । तीनकुनेस्थित एक घरमा आगो लगाएका राजावादीहरूले शुक्रबार दुईवटा सञ्चारगृहमा पनि ढुंगामुढा गरेका छन् ।

कान्तिपुर र अन्नपूर्ण पोस्ट्को कार्यालयमा आक्रमणमा गरेका उनीहरूले बागमती तरेर एकीकृत समाजवादीको कार्यालयमा पनि धावा बोलेका छन् ।

राजावादीका नाममा अराजकहरूको एउटा समूहले एकीकृत समाजवादीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा ढुंगामुढा गरेका हुन्।

ढुंगामुढा बर्साउँदा समाजवादीको कार्यालयका शिशा सबैजसो फुटेका छन् । अराजक समूहले समाजवादीको कार्यालयका कागजपत्र बाहिर निकालेर जलाइरहेका छन् । उनीहरूले कार्यालयमै आगो लगाउन खोज्दा सुरक्षाकर्मीको उपस्थिति छैन ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : ५३ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र