बुद्धका सन्देशलाई फैलाउन जरुरी छ : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

बुद्धका सन्देशलाई फैलाउन जरुरी छ : पूर्वराष्ट्रपति भण्डारी


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धका सन्देशलाई विश्वभर प्रचारप्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने बताएकी छन् । लुम्बिनीमा आज थुक्छे छोइलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्वराष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा र शिक्षाको महत्त्व आजको समयमा झनै बढेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘गौतमबुद्धले अहिंसा, करुणा र शान्तिको मार्ग देखाउनुभयो । उहाँका शिक्षाले संसारभर करोडौँ मानिसलाई प्रेरित गरेका छन् । 

तर, आज पनि कतिपय विकसित र शक्तिशाली देशहरूबीचको होडबाजीका कारण सर्वसाधारण नागरिक गोलाबारीको सिकार बन्नुपरेको, हिंसाको डर र त्रासमा बाँच्नुपर्ने अवस्था छ’, उनले भनिन्, ‘त्यसैले बुद्धका शान्ति, करुणा र शिक्षाको सान्दर्भिकता आजको दिनमा झन् बढेको छ ।’

लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल भएको उल्लेख गर्दै उनले बौद्ध शिक्षा तथा दर्शनलाई अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखिन् ।

बुद्धका उपदेशहरू विश्वभर फैलाउने माध्यमका रूपमा लुम्बिनीको महत्त्वपूर्ण भूमिका रहने बताउँदै उनले बौद्ध सम्पदाको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।

त्यस अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको समग्र विकासका लागि तीन तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको बताए ।

उनले सङ्घीय सरकारले लुम्बिनीको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी क्षेत्रको विकास गुरुयोजनाका आधारमा अघि बढाउनुपर्नेमा जोड दिँदै, त्यसबाहिरका काम नहुनुपर्ने स्पष्ट पारे । उनले गुम्बा निर्माणका नाममा जग्गा रोकिराख्ने वा अधुरो छाड्नेजस्ता प्रवृत्तिको अन्त्य आवश्यक रहेको उल्लेख गरे ।

लुम्बिनी विकास गुरुयोजनाअनुसार ४२ वटा प्लट निर्धारण गरिएका छन् । उनले विश्वभर बुद्धको शान्ति र ज्ञान फैलाउन गुम्बाहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले बुद्ध जन्मस्थलमा यस खालका गुम्बा निर्माण हुँदा पर्यटकीय गतिविधि बढाउन महत्त्वपूर्ण हुने बताए । उनले लुम्बिनी विकास कोषले स्थानीय नागरिकसँग पनि सहकार्य गरेर आफ्ना कार्यक्रम गर्न अनुरोध गरे ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले यस्ता संरचना निर्माण विकास कोषको गुरुयोजनाअनुरुप नै भएको स्पष्ट पारे । उनले गुम्बा निर्माण गर्न विकास कोषसँग जग्गाको सम्झौता गरेर ओगटिराख्ने प्रचलनको अन्त्य गर्न विकास कोषले जोड दिएको बताए । 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ७ : ३२ बजे

नेकपाले युवा नेता अशेषलाई दियो झापा १ मा प्रतिनिधि सभाको टिकट

झापा- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले झापा क्षेत्र

कांग्रेसमा फुटसँगै पूर्वमन्त्री कनौडिया एमालेतिर, ओलीले दिए प्रतिनिधि सभाको टिकट

काठमाडौं- नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडिया शनिबार नेकपा एमालेमा प्रवेश

विश्वप्रकाश शर्मा उम्मेदवार नबन्ने भएपछि झापा-१ मा नयाँ नाम सिफारिस

झापा– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

मेयर बालेन र उपमेयर सुनिताले गरे वडा प्रशासनिक भवनको शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर ३२ को वडा प्रशासकीय भवनको

यी हुन् नेकपाले सुदूरपश्चिमबाट मैदानमा उतार्न लागेका उम्मेदवार

धनगढी– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धमाधम उम्मेदवार