एकीकृत समाजवादीद्वारा घटनाको छानबिनको गरी दोषीलाई कारबाहीको माग « Khabarhub

एकीकृत समाजवादीद्वारा घटनाको छानबिनको गरी दोषीलाई कारबाहीको माग


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय कार्यालयमा गरिएको तोडफोड तथा आगजनीको छानबिनको माग गरेको छ ।

पार्टीका उपाध्यक्ष एवं केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले आगलागी तथा तोडफोडप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गरे । 

उनले भौतिक संरचना तोडफोड तथा हिंसात्मक कार्यको निन्दा गर्दै प्रारम्भिक चरणको छानबिन सुरू गरिएको बताए । उक्त घटनाबाट भएको नोक्सान तथा क्षतिको विवरण सङ्कलन सुरु गरिएको छ ।

विभिन्न धार्मिक सङ्घसंस्था तथा राजावादी समर्थकहरूले हिन्दू राष्ट्र पुनःस्थापनालगयत माग गर्दै जुलुस प्रदर्शन तथा आन्दोलनका क्रममा तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि आक्रोशित बनेको आन्दोलनकारीको भीडले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेको हो । 

आलोकनगरस्थित कार्यालयमा आन्दोलनकारीले तोडफोडका क्रममा गरेको आगजनी सुरक्षाकर्मीलगायत सहयोगमा निभाइएको छ । 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ७ : ४१ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई