हिंसात्मक गतिविधि बन्द गर्न मानवअधिकार आयोगको आग्रह « Khabarhub

हिंसात्मक गतिविधि बन्द गर्न मानवअधिकार आयोगको आग्रह


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत पक्षलाई हिंसात्मक गतिविधि बन्द गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले आज जारी गरेको विज्ञप्तिमा आन्दोलनरत पक्षलाई आफ्ना प्रदर्शन र कार्यक्रमलाई शान्तिपूर्ण बनाउन आग्रह गर्दै हिंसात्मक गतिविधि बन्द गर्न अनुरोध गरिएको हो । 

उनले कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरूको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न नसकिने भन्दै सरकारलाई  हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न आग्रह गरेका छन्। 

‘समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र सङ्गठनहरुले आज चैत १५ गते उपत्यकामा गरेको प्रदर्शन र आमसभाको आयोगले चार वटा उच्चस्तरीय टोलीहरू बनाइ अनुगमन गरेको थियो’, उनले भने, ‘काठमाडौँको तीनकुनेमा राजतन्त्र समर्थकद्वारा भएको प्रदर्शन र आमसभा हिंसात्मक हुन पुगेको अनुगमनबाट पाइएको छ ।’

आयोगले अनुगमन गर्दा प्रदर्शनकारी तीनकुनेबाट प्रहरीको घेरा तोडी निषेधित क्षेत्र नयाँवानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको, प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको, व्यक्तिको घरमा ढुङ्गा हान्ने र आगजनी गर्ने काम गरेको पाइएको जनाइएको छ । 

आयोगले झडपमा परी प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन् । प्रदर्शनकारीले तीनकुने क्षेत्रमा सञ्चारमाध्यमका भवन, कलेजका भवन, तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण गर्नुका साथै आगो निभाउन हिँडेका दमकल तथा सशस्त्र प्रहरीको गाडीमा समेत ढुङ्गा प्रहार गरेका आयोगले जनाएको छ । 

आयोगका प्रवक्ता डा पोखरेलले अनुगमनका क्रममा हिँडेको आयोगको अनुगमन टोलीमाथि प्रदर्शनकारीबाट कोटेश्वरमा साङ्घातिक आक्रमण गरी अनुगमन टोलीमा संलग्न कर्मचारीलाई घाइते बनाएका बताए । 

‘प्रहरीले भीड नियन्त्रण गर्न पानीका फोहराको प्रयोग र हवाई फायर गरेको तथा व्यक्तिको निजी आवास प्रयोग गरी अश्रु ग्यास प्रहार गरेको देखिएको छ,’ उनले भने । 

आयोगले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको विषय भएता पनि आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारमा असर पार्नु मानव अधिकारको मूल्यमान्यता विपरीत हुन जाने बताएको छ । 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ८ : ०१ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई