प्रहरीलाई प्रसाईंको चुनौती : पक्राउ गर्न आईरहन पर्दैन, जहाँ बेलाउँछौ त्यहीँ आउँछु | Khabarhub Khabarhub

प्रहरीलाई प्रसाईंको चुनौती : पक्राउ गर्न आईरहन पर्दैन, जहाँ बेलाउँछौ त्यहीँ आउँछु


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजावादी आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंले प्रहरीले दमन गर्न खोजेपछि आजको प्रदर्शन उग्र बनेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रसाईंले आफूहरुको शान्तीपूर्ण प्रदर्शनलाई दमन गर्न खोजेपछि प्रतिकारमा उत्रिएको बताएका छन् । साथै उनले आजको आन्दोनलमा भएको क्षतिको जिम्मा पनि सकारले लिनुपर्ने बताए ।

उनले लेखेका छन्, ‘हामी तोडफोड गर्न, आगजनी गर्न, प्रहरी कुट्न गएका थिएनौं, हामी त शान्तीपुर्ण रुपमा सभा, आन्दोलन र घोषणा सभामा सहभागी हुन गएका थियौं, दमन किन ? जुन अप्रीय अवस्था बन्यो त्यो सबै सरकारको दमनको कारण भएको हो, त्यसको क्षतिपुर्ती सरकारले व्यहोर्नु पर्नेछ ।’

उनले आजको आन्दोनलमा ज्यान गुमाउने युवा प्रति श्रद्दासुमन व्यक्त गरेका छन् । ‘आजको आन्दोलनमा नेपाल सरकारले एक युवाको हत्या गरेको छ । दिबंगत बन्नुभएका सबिन महर्जन प्रती हार्दिक श्रद्दासुमन साथीहरु भर्खरै मलाई पक्राउ गर्ने बारेको सुचना प्राप्त भएको छ, हामी बैदिक बिधी पुर्वक पुजा अर्चना गरेर आमाको आशिर्वाद लिएर शान्तिपूर्ण रुपमा कार्यक्रम स्थल पुग्दा अश्रु ग्यास प्रहार भैरहेको थियो, त्यो देखेपछि कुन चाहि नेपालीको रगत न उम्लदो हो ?’

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ८ : ५५ बजे

नयाँ सरकार गठनसँगै जनजीवन सामान्य बन्दै (तस्बिरहरू)

काठमाडौं– मुलुकमा नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन

बन्दुकको बलमा गणतन्त्रको हत्या गरियो : भुपेन्द्रजंग शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले षड्यन्त्रको  चक्रव्यूह रचेर

प्रधानमन्त्री कार्कीलाई भारतीय समकक्षी मोदीको बधाई 

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नयाँ अन्तरिम सरकारको नेतृत्व सम्हालेकी

रोजगारीका लागि चीन जाने बढ्दै 

हुम्ला– हुम्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको

मिथिलामा आज जितिया पर्वको ‘ओगटन’

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ