प्रहरीलाई प्रसाईंको चुनौती : पक्राउ गर्न आईरहन पर्दैन, जहाँ बेलाउँछौ त्यहीँ आउँछु « Khabarhub

प्रहरीलाई प्रसाईंको चुनौती : पक्राउ गर्न आईरहन पर्दैन, जहाँ बेलाउँछौ त्यहीँ आउँछु


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजावादी आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंले प्रहरीले दमन गर्न खोजेपछि आजको प्रदर्शन उग्र बनेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रसाईंले आफूहरुको शान्तीपूर्ण प्रदर्शनलाई दमन गर्न खोजेपछि प्रतिकारमा उत्रिएको बताएका छन् । साथै उनले आजको आन्दोनलमा भएको क्षतिको जिम्मा पनि सकारले लिनुपर्ने बताए ।

उनले लेखेका छन्, ‘हामी तोडफोड गर्न, आगजनी गर्न, प्रहरी कुट्न गएका थिएनौं, हामी त शान्तीपुर्ण रुपमा सभा, आन्दोलन र घोषणा सभामा सहभागी हुन गएका थियौं, दमन किन ? जुन अप्रीय अवस्था बन्यो त्यो सबै सरकारको दमनको कारण भएको हो, त्यसको क्षतिपुर्ती सरकारले व्यहोर्नु पर्नेछ ।’

उनले आजको आन्दोनलमा ज्यान गुमाउने युवा प्रति श्रद्दासुमन व्यक्त गरेका छन् । ‘आजको आन्दोलनमा नेपाल सरकारले एक युवाको हत्या गरेको छ । दिबंगत बन्नुभएका सबिन महर्जन प्रती हार्दिक श्रद्दासुमन साथीहरु भर्खरै मलाई पक्राउ गर्ने बारेको सुचना प्राप्त भएको छ, हामी बैदिक बिधी पुर्वक पुजा अर्चना गरेर आमाको आशिर्वाद लिएर शान्तिपूर्ण रुपमा कार्यक्रम स्थल पुग्दा अश्रु ग्यास प्रहार भैरहेको थियो, त्यो देखेपछि कुन चाहि नेपालीको रगत न उम्लदो हो ?’

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ८ : ५५ बजे

सफलतापूर्वक निर्वाचन गराएकोमा चिनियाँ राजदूतले दिए नेपाल सरकारलाई धन्यवाद

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि  चिनियाँ राजदूत चाङ माओमिङले

रास्वपा घोषणापत्र : सहकारीका साना बचतकर्ताले असार २० गतेसम्म पाउन सक्छन् आफ्नो रकम ?

काठमाडौं– समस्याग्रस्त भएका सहकारीका साना बचतकर्ताले आगामी असार २० गतेसम्म

दुई क्लबका खेलाडीबीच मैदानमै कुटाकुट, एकैसाथ २३ जना खेलाडीलाई रातो कार्ड

काठमाडौं- ब्राजिलमा भएको मिनेइरो गेर्‍यास च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा

श्रीमती रितुको स्वास्थ्य सुधारपछि गायक शर्मा भन्छन्- ‘क्यान्सर उपचार नेपालमै सम्भव छ’

काठमाडौं – गायक हेमन्त शर्माले श्रीमती रितुको स्तन क्यान्सरको उपचारका

पोखरामा छ टन बढी मकैको बीउ अनुदानमा

गण्डकी– पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई छ टन बढी मकैको बीउ