राजनीति दलका युवा संगठनको एकै स्वर : गणतन्त्रलाई कमजोर पार्ने गतिविधिलाई स्वीकार्य छैन | Khabarhub Khabarhub

राजनीति दलका युवा संगठनको एकै स्वर : गणतन्त्रलाई कमजोर पार्ने गतिविधिलाई स्वीकार्य छैन


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विभिन्न राजनीतिक दलसम्वद्ध युवा सङ्गठनले नेपाली जनताले बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधिलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् ।

उनीहरूले आज संयुक्त विज्ञप्ति प्रकाशित गरी भनेका छन्, “हामी गणतन्त्रका लागि लड्ने राजनीतिक दलका युवा सङ्गठनहरू स्पष्ट रूपमा चेतावनी दिन चाहन्छौँ कि संविधान र लोकतान्त्रिक मूल्यमान्यताविपरीत गरिने कुनै पनि गतिविधि अस्वीकार्य र अक्षम्य हुनेछ ।”

काठमाडौँको तीनकुने, कोटेश्वर र जडीबुटीलगायत क्षेत्रमा देखाएको उदण्डता, अराजकता र हिंसाको हामी घोर निन्दा र भत्र्सना गर्र्दै संयुक्त विज्ञप्तिमा संविधानविपरीतका गतिविधि गर्ने, समाजमा विखण्डन ल्याउने, हिंसा भड्काउने तथा गणतन्त्रविरोधी षड्यन्त्र गर्ने कुनै पनि समूह वा व्यक्तिलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन उनीहरूले आग्रह गरेका छन् ।

विज्ञप्तिमा देश शान्ति र समृद्धिको दिशातर्फ गइरहेको वर्तमान सन्दर्भमा प्रतिगमनका नाममा मुलुकलाई उल्टो बाटोतर्फ लैजानेगरी आपराधिक तवरले गरिएको सार्वजनिक सम्पत्ति, सवारीसाधन, सञ्चारगृह तोडफोड एवं सुपरमार्केटमा लुटपाट मच्चाएर समाजलाई आतङ्क सृजना गरिएकामा आपत्ति प्रकट गरिएको छ ।

उनीहरूले आम नागरिकलाई लोकतान्त्रिक प्रणालीलाई अझै समृद्ध गर्न, कमीकमजोरी सच्याउन खबरदारी गर्न, सामाजिक स्थायित्व र समृद्धिका लागि व्यवस्थाविरूद्ध हुने यस्ता अपराधजन्य कार्यप्रति सचेत रहन आह्वान गरेका छन् ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै पनि प्रतिगामी शक्तिको षड्यन्त्रबाट ढल्ने छैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सशक्त रूपमा संस्थागत गर्न हामी निरन्तर कार्य गरिरहने प्रतिबद्धता व्यक्त गर्छौँ”, संयुक्त विज्ञप्तिमा भनिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ यस्ता अपराधजन्य गतिविधि कायम रहेमा आफूहरूले कडा प्रतिवाद गर्ने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ ।

यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरूङ, राष्ट्रिय युवासङ्घ नेपालका अध्यक्ष क्षितिज थेवे, योङ कम्युनिस्ट लिगका अध्यक्ष सुवोध शेर्पाली, युवा सङ्गठन नेपालका अध्यक्ष दिनेश सी, नेपाल समाजवादी युवा सङ्घका अध्यक्ष मेघराज तामाङ छ्न् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १० : ०२ बजे

प्रचण्ड, विप्लव र माधवबीचको एकता फेरि ‘टाइँटाइँ फिस’

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको एकीकृत नेपाल कम्युनिस्ट पार्टी

अदालतको आदेश उल्लङ्घन गरेपछि ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो नजरबन्दमा

एजेन्सी – ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई सामाजिक

प्रधानमन्त्रीले भने- भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी नै न्याय हो

आवाजा (तुर्कमेनिस्तान)– प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी

पहिराले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

तानसेन– अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड