दुर्गा प्रसाईं मोबाइल बन्द गरेर बेपत्ता, पक्राउ गर्न खोज्दै प्रहरी « Khabarhub

दुर्गा प्रसाईं मोबाइल बन्द गरेर बेपत्ता, पक्राउ गर्न खोज्दै प्रहरी


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्शेर जबरा पक्राउ परेका छन् । आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । केएमसी अस्पतालबाट घाइते भेटेर फर्कने क्रममा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

त्यस्तै राजावादी समर्थक स्वागत नेपाल पनि पक्राउ परेका छन् । भने राजावादीका संयोजक नवराज सुवेदीलाई घरमै निगरानीमा राखिएको छ ।

यस्तै राजावादी आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंलाई प्रहरीले खोजिरहेको छ । तर पक्राउ पर्ने सुचना पाए लगत्तै प्रसाईं मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।

काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गर्न लगाएर उनी कार्यक्रमस्थलबाट सुटुक्क गाडी चढेर भागेका थिए । त्यसपछि आफूलाई पक्राउ गर्न आउँन नपर्ने, आफू नै जहाँ बोलाउँछौं त्यहीँ आउँछु भनी प्रहरीलाई चुनौती दिएका प्रसाईं त्यसलगत्तै सम्पर्कविहीन भएका छन् । उनलाई प्रहरीले खोजी रहेको छ ।

नेपाल प्रहरीका एकजना उच्च अधिकारीका अनुसार अहिले प्रहरीको टोली उनको घर भक्तपुर पुगिसकेको छ । ‘माथिबाट आदेश आएको छ । हामी खोजीमा छौँ’ प्रहरीका ती अधिकारीले खबरहबलाई भने, ‘गृह मन्त्रालयले नै उहाँको गतिविधि ठिक भएन भनेर आदेश दिएको छ ।’

प्रसाईं अहिले कहाँ छन् भन्नेबारे कसैलाई जानकारी छैन । शुक्रबार राजावादीको आन्दोलनमा दुई जनाको मृत्यु भइसकेको छ ।

यसैबीच प्रसाईंले आफूलाई प्रहरीले पक्राउ गर्न लागेको सूचना आएको बताएका छन् । उनले आन्दोलनमा सरकारले एकजना युवाको हत्या गरेको जिकिर गरेका छन् ।उनले कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनप्रति श्रद्धाञ्जली दिएका छन् । तर प्रसाईंले राजावादीले आगो लगाउँदा जलेका पत्रकार सुरेश रजकबारे केही बोलेका छैनन् ।

उनले राज्यबाटै दमन भएको आरोप लगाएका छन् । ‘जुन अप्रिय अवस्था बन्यो, त्यो सबै सरकारको दमनको कारण भएको हो, त्यसको क्षतिपूर्ति सरकारले व्यहोर्नु पर्नेछ’, उनले भनेका छन्, ‘मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउछौँ, त्यहीँ आउँछु । अब म थुनिएर आन्दोलन रोकिँदैन । दुर्गा अब व्यक्ति होइन, विचार हो, अभियान हो ।’

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ११ : ३६ बजे

हङकङमा अल्ट्रा ट्रेल रनिङ : नेपाली धावक सन्तोष तामाङ दोस्रो

हङकङ– नेपाली अल्ट्रा ट्रेल रनिङ संघ, हङकङ (HKNUTRA)को आयोजनामा टाइमोसन

चलचित्र निर्माणमा एआईको प्रयोगबारे दुई दिने कार्यशाला सुरु

काठमाडौं – चलचित्र विकास बोर्ड र नेपाल एआई फिल्म एलान्स

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर– ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

चार महिनादेखि तिला गाउँपालिका प्रमुख प्रशासकीय विहीन

जुम्ला– यहाँको तिला गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको