लिभरपुलको कीर्तिमानी : २० औं पटक जित्यो प्रिमियर सिपको उपाधि « Khabarhub

लिभरपुलको कीर्तिमानी : २० औं पटक जित्यो प्रिमियर सिपको उपाधि


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिभरपुलले २० औँ पटक इङ्ग्लिस प्रिमियर सिपको उपाधि उचाल्दै कीर्तिमान बनाएको छ। लिभरपुलले म्यानचेस्टर युनाइटेडसँगै २० औँ प्रिमियर सिपको उपाधि जितेर कीर्तिमान बराबरी गरेको हो।

आइतबार भएको खेलमा टोटनहाम हस्टस्पर्सलाई ५–१ ले हराउँदै लिभरपुलले उपाधि जितेको हो। उपाधिका लागि एक अङ्क पर्याप्त हुने लिभरपुल सुरुवातमै डोमिनिक सोलान्केको गोलका कारण पछि परेको थियो। त्यसपछि लिभरपुलले पहिलो हाफमा नै तीन गोल गरेको थियो।

खेलको १६ औँ मिनेटमा लुइज डियाजले लिभरपुलका लागि पहिलो गोल गरे भने त्यसको आठ मिनेटपछि एलिक्सस म्याक एलिस्टरले लिभरपुललाई अग्रता दिलाए। ३४ औँ मिनेटमा कोडी गाक्पोले गोल गरे। ६३ औँ मिनेटमा मोहम्मद सलाहले अर्को गोल थपे। टोटनहामका डेस्टिनी टोटोगोइले आत्मघाती गोल गरे।

लिभरपुलले सन् १९९० यता पहिलो पटक आफ्नै दर्शकका सामु उपाधिको सफलता पाएको हो। अन्तिम पटक लिभरपुलले सन् २०२० को कोभिड महामारीको समयमा दर्शक उपस्थित नगराइ खेलाइएको रङ्गशालामा उपाधि जितेको थियो।

लिभरपुलले जितेका २० मध्यका १८ उपाधि सन् १९९२ भन्दा अघिका थिए। यसअघि सन् १९७० देखि ८० को दशकमा सनसनी फैलाएको लिभरपुलले सन् १९९३ देखि १९९० को बीचमा ११ पटक उपाधि जितेको थियो।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ६ : १७ बजे

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र