लिभरपुलको कीर्तिमानी : २० औं पटक जित्यो प्रिमियर सिपको उपाधि « Khabarhub

लिभरपुलको कीर्तिमानी : २० औं पटक जित्यो प्रिमियर सिपको उपाधि


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिभरपुलले २० औँ पटक इङ्ग्लिस प्रिमियर सिपको उपाधि उचाल्दै कीर्तिमान बनाएको छ। लिभरपुलले म्यानचेस्टर युनाइटेडसँगै २० औँ प्रिमियर सिपको उपाधि जितेर कीर्तिमान बराबरी गरेको हो।

आइतबार भएको खेलमा टोटनहाम हस्टस्पर्सलाई ५–१ ले हराउँदै लिभरपुलले उपाधि जितेको हो। उपाधिका लागि एक अङ्क पर्याप्त हुने लिभरपुल सुरुवातमै डोमिनिक सोलान्केको गोलका कारण पछि परेको थियो। त्यसपछि लिभरपुलले पहिलो हाफमा नै तीन गोल गरेको थियो।

खेलको १६ औँ मिनेटमा लुइज डियाजले लिभरपुलका लागि पहिलो गोल गरे भने त्यसको आठ मिनेटपछि एलिक्सस म्याक एलिस्टरले लिभरपुललाई अग्रता दिलाए। ३४ औँ मिनेटमा कोडी गाक्पोले गोल गरे। ६३ औँ मिनेटमा मोहम्मद सलाहले अर्को गोल थपे। टोटनहामका डेस्टिनी टोटोगोइले आत्मघाती गोल गरे।

लिभरपुलले सन् १९९० यता पहिलो पटक आफ्नै दर्शकका सामु उपाधिको सफलता पाएको हो। अन्तिम पटक लिभरपुलले सन् २०२० को कोभिड महामारीको समयमा दर्शक उपस्थित नगराइ खेलाइएको रङ्गशालामा उपाधि जितेको थियो।

लिभरपुलले जितेका २० मध्यका १८ उपाधि सन् १९९२ भन्दा अघिका थिए। यसअघि सन् १९७० देखि ८० को दशकमा सनसनी फैलाएको लिभरपुलले सन् १९९३ देखि १९९० को बीचमा ११ पटक उपाधि जितेको थियो।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ६ : १७ बजे

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की

पाटन– प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्

एमाले महाधिवेशन : मतदान जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब