शिक्षकको आन्दोलनमा पुगेका माधव नेपालसहित नेताविरुद्ध उल्टै नाराबाजी « Khabarhub

शिक्षकको आन्दोलनमा पुगेका माधव नेपालसहित नेताविरुद्ध उल्टै नाराबाजी


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विगत २७ दिनदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सोमबार केही राजनीतिक अनुहार पनि देखिए ।

शिक्षक आन्दोलनमा ऐक्यवद्धता जनाउन सोमबार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू बिजुली बजार पुगेका थिए ।

उनीहरूले शिक्षक आन्दोलनलाई समर्थन गर्न खोज्दा उल्टै नाराबाजी खेप्नुपरेको छ। बिजुली बजारमा नेताहरूको लर्कोसहित पुगेका नेपालसहितले शिक्षकहरूको नाराबाजी खेप्नु परेको हो।

अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतका नेताहरू बिजुली बजार पुगेर महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसँग फोटो/भिडियो पनि खिचाए ।

तर त्यसपछि करिब एक महिना लामो आन्दोलनका कारण तनावमा रहेका शिक्षकहरूले उनीहरूविरुद्ध खबरदारीसहित नाराबाजी गरे । शिक्षकहरूले नाराबाजी गर्न थालेपछि सबै नेताहरू केही मिनेटमै त्यहाँबाट बाहिरिए । उनीहरूलाई सुरक्षाकर्मीले एस्कर्टिङ गरेर निकाले ।

शिक्षकहरूले बिजुलीबजारबाट एनसेलको पुरानो कार्यालय क्षेत्रमा उनीहरू र सरकारविरुद्ध नाराबाजी गरे ।

शिक्षकहरूले नाराबाजीका क्रममा ‘कोही नेता आउनुपर्दैन’, शिक्षा ऐन जारी गर, सरकारको दमन बन्द गर जस्ता नारा लगाए।

शिक्षकहरूले आन्दोलनमा आउनुभन्दा संसद्‍मा प्रभावकारी भूमिका खेलेर सरकारलाई दबाब बढाउन पनि उनीहरूलाई भनेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १ : ५९ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा