शिक्षक आन्दोलनमा मिसिए विपक्षी नेता (तस्बिरहरू) « Khabarhub

शिक्षक आन्दोलनमा मिसिए विपक्षी नेता (तस्बिरहरू)


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चैत २० गतेदेखि काठमाडौंमा निरन्तर आन्दोलित शिक्षकहरूको आन्दोलनमा विपक्षी दलका नेताहरूले पनि भौतिक रुपमै सहभागिता जनाउन थालेका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माग पूरा नभएसम्म आन्दोलनको नेतृत्व गरिहेको शिक्षक महासंघलाई सडक नछाड्न यसअघि नै भनिसकेका छन् ।

सत्तारूढ नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीसहितले शिक्षक आन्दोलनमा घुसपैठ हुन थालेको बताइरहेको सन्दर्भमा सोमबार एउटा विपक्षी दलका नेताहरूले भौतिक रूपमै सहभागिता जनाएका छन् ।

संसद्‍मा विपक्षी दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरू सोमबार बिजुलीबजारस्थित आर्क ब्रिज क्षेत्रमा पुगेर शिक्षक आन्दोलनमा सहभागिता जनाएका हुन् ।

सत्तारूढ दलले तत्कालीन शिक्षा मन्त्री विद्या भट्टराईले तयार पारेको ७ बुँदे प्रस्ताव विपक्षी नेताहरूकै इशारामा शिक्षकहरूले अस्वीकार गरेको बताइरहेका छन् । यस्तोमा विपक्षी दलका नेताहरू शिक्षकहरूलाई साथ दिन सडकमै पुग्न थालेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी



प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १ : ३८ बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान