आवश्यकताको आधारमा समय सापेक्ष ऐन कानुन संशोधन हुनुपर्छ : श्रममन्त्री भण्डारी « Khabarhub

आवश्यकताको आधारमा समय सापेक्ष ऐन कानुन संशोधन हुनुपर्छ : श्रममन्त्री भण्डारी


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आवश्यकताको आधारमा ऐन कानून समय सापेक्ष परिवर्तन हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । 
 
अहिले श्रम ऐन संशोधन प्रक्रियामा अगाडि बढेको जिकिर गर्दै सरोकारवालाहरूको सहमतिमा बनाएका ऐन र कानूनहरु सबै पक्ष मिलेर अनिवार्य लागु गर्नु पर्नेमा उनले जोड दिए । 

मन्त्री भण्डारीले सबै सरोकारवालाको सहकार्य र सहमतिमा बनाइएको ऐन लागु गर्ने दायित्व पनि सबैको भएको बताए । उनले वर्तमान श्रम ऐनमा के के कुराहरू व्यवहारिक छैन त्यसका बारेमा गम्भीर छलफल गरी सुझाव दिन पनि आग्रह गरे । 

सरकार ऐन कानुन लागु गर्न तयार रहेको स्पष्ट पार्दै त्यसका लागि ट्रेड युनियनहरू पनि एक ढिक्का भएर अगाडि बढ्नु पर्नेमा मन्त्री भण्डारीले जोड दिए । उनले भने, ‘सरकार ऐन कानुन लागु गर्न तयार छ, ट्रेड युनियनहरू पनि त्यसका लागि तयार हुनुपर्छ ।’

एक अर्को प्रसङ्गमा मन्त्री भण्डारीले कुनै पनि नेपाली कामदार देश बाहिर कँहीकतै दुःख पाए त्यसका लागि सरकार जिम्मेवार हुनु पर्ने बताए । उनले भने, कुनै पनि नेपाली महिला वा पुरुष श्रमिक देश बाहिर श्रम स्वीकृति बिना काम गर्ने वातावरणको अन्त्य हुनु पर्छ, तिनीहरूलाई श्रम स्वीकृति लिने वातावरण बताउन सबै मिलेर काम गर्नुपर्छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ५ : ०८ बजे

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते

एजेन्सी– उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु

कांग्रेस एकताका लागि नेतृत्वको गम्भीर पहल आवश्यक : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकताका

भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

काठमाडौं– प्रहरीले भन्सार छलेका १४ थान अन्दाजी सात लाख बराबरको