विशेष जिल्ला कमिटीले गर्‍यो क्यालेण्डर विमोचन   « Khabarhub

विशेष जिल्ला कमिटीले गर्‍यो क्यालेण्डर विमोचन  


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटी, काठमाडौंले ‘२०८२ सालको क्यालेण्डर’ विमोचन तथा ‘नया वर्षको’ शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  

युवा विद्यार्थी विशेषको कार्यालय बुद्धनगरमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेशका कमिटी इन्चार्ज सुजिता शाक्यले क्यालेन्डरको विमोचन गरेकी थिइन् । 

विमोचन पश्चात शाक्यले ‘यस्ता रचनात्मक कार्य गर्दा पार्टी र कमिटी दुवैको महत्व बढ्छ पार्टी आन्दोलन उठाउन र जनतामाझ पुग्न सजिलो हुन्छ’ भन्दै यी लगायत अरु कार्यहरू गर्न सल्लाह दिइन् । शाक्यले मिसन ०८४ म  लाग्न र पार्टीलाई चौतर्फी घेराबन्दी रहेको, देशमा राजनीति संकट छ, त्यो पार एमाले बाहेक अरुले गर्न नसक्ने भन्दै एकजुट हुन आग्रह समेत गिरन्।

उपत्यका विशेष प्रदेश अध्यक्ष प्रेम कुमार पराजुलीले यो जिल्ला कमिटीको महत्व र पावर बढेको बताए । अर्को प्रसङ्गमा पराजुलीले अहिले यो कमिटीको कार्यालय सहित पार्टीको विभिन्न गतिविधिहरू व्यवस्थित ढङ्गले गरेको गरेकोको छ, यो कमिटीको ठुलो उपलब्धि भएको बताउँदै आगामी दिनमा अझै सशक्त ढंगले अघि बढ्न सुझाव दिए ।  

प्रचार विभाग प्रमुख किरण देउजाका अनुसार ‘यो प्रचार विभागको वार्षिक कार्य योजना अन्तर्गत कै कार्यक्रम रहेको र केही समय भित्र नै कमिटीको मुखपत्र निकाल्ने तयारी भएको’ बताए। अर्को प्रसंगमा देउजाले ‘यो कमिटीको ३४ वर्षको इतिहासमा पहिलोपटक यस्ता रचनात्मक कार्य सुरु गरेको आगामी दिनमा निरन्तरता दिने’ बताए ।   

उक्त कार्यक्रममा उपत्यका विशेष प्रदेशका उपसचिव उर्मिला सुनुवार, प्रदेश सदस्यहरू रमेश भट्टराई, उषा अधिकारी, पेशागत जिल्ला कमिटी अध्यक्ष मोहनकुमार पराजुली  लगायतले शुभकामना दिए ।

उक्त कार्यक्रममा जिल्ला कमिटी सदस्य, त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसमा स्ववियु कोषाध्यक्षमा निर्वाचित सञ्चमाया सुब्बा र  नेपाल कमर्स क्याम्पस मिनभवनमा स्ववियु उपाध्यक्षमा निर्वाचित पुषा मगरलाई सम्मान समेत गरिएको थियो । 

कमिटीका अध्यक्ष सुदर्शन शिवाकोटीको अध्यक्षतामा र सचिव नरेन्द्र न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ५ : ११ बजे

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको