अर्थसंक्षेप : १४ अंकले घट्यो नेप्से, यारी नाका भन्सार कार्यालय सञ्चालनमा « Khabarhub

अर्थसंक्षेप : १४ अंकले घट्यो नेप्से, यारी नाका भन्सार कार्यालय सञ्चालनमा


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

१४ अंकले घट्यो नेप्से, कारोबार कति ?

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.५३ अंकले घटेको छ । आज नेप्से ०.६४ प्रतिशतले घटेर २६४७ विन्दुमा आएको हो ।

आज नेप्से घट्दा ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार बराबरको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर कारोबार भएको छ ।

उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रसारणलाइन धमाधम

मौरी पालेर वार्षिक आठ लाख बढी आम्दानी

इटहरी उपमहानगरपालिका-४ का युवराज भट्टराईले मौरीपालन गरेर वार्षिक आठ लाख बढी आम्दानी गरिरहेका छन्।

मौरी चरनका लागि मौसम अनुकूल भएमा मह धेरै उत्पादन हुन्छ। आधुनिक प्राविधि प्रयोग गरी मौरीपालनबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् भट्टराई। “बुवाकै सल्लाहमा वि.सं २०७२ मा मौरीपालन सुरु गरको हुँ”, उनले भने। हाल ६२ घार मौरी उनले पालेका छन्। वार्षिक नौदेखि १२ क्वीन्टलसम्म मह उत्पादन हुने र त्यसबाट आठ लाख बढी आम्दानी गरिरहेको उनले सुनाए।

आवासीय चिकित्सकले निर्णय भएकै मितिदेखि सरकारी सरह निर्वाह भत्ता पाउने

नवलपरासीको सुस्ता झोलुङ्गे पुल जोखिममा

यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा

 हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो । कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा सुरु भएको हो । 

‘तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको थियो, कार्यालय आइतबारदेखि फेरि सञ्चालनमा आएको छ’, कार्यालय प्रमुख जैसीले बताए ।

उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रशारणलाइन विस्तार

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ७ : ०३ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा