कमल थापाको दाबी- हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा बोल्न नदिन कानुन संशोधन हुँदैछ « Khabarhub

कमल थापाको दाबी- हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा बोल्न नदिन कानुन संशोधन हुँदैछ


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सरकारले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाउन नपाउने गरी कानुन संशोधन गर्ने तयारी गरिरहेको बताएका छन् ।

सोमबार पार्टीको कार्यक्रमलाई रत्नपार्को शान्तिवाटिकामा सम्बोधन गर्दै उनले यदि हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाउन नपाउने गरी कानुन संशोधन भएमा देशभर आगो बाल्ने चेतावनी दिए ।

उक्त आगोको लप्काले सबैभन्दा पहिला सत्तारुढ दललाई प्रभाव पार्ने अध्यक्ष थापाले बताए ।

‘सरकारले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाउन नपाउने, यदि त्यसो गरेमा राष्ट्रद्रोह भएको मानिने छ भनेर फौजदारी संहितामा संशोधन गर्न लागिएको छ’, उनले भने ।

नेता थापाले यसबारेमा सरकारलाई चेतावनी पनि दिएका छन् ।

‘तपाईंहरूको यो कदम कुनै हालतमा सफल हुँदैन । संविधानको भावनाविपरीत हुनेछ । तपाईंहरूले संविधानको भावनालाई मिचेर, लोकतन्त्रको मान्यतालाई बलात्कार गरेर यो अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी कानुन बनाउनुभयो भने याद गर्नुस्, यो देशमा आगो बल्छ’, उनले भने, ‘त्यो आगोको लप्काले सबैभन्दा पहिला वर्तमान भ्रष्ट सरकारलाई नै त्यसको प्रभाव पर्नेछ ।’

गत चैत १५ गते तीनकुनेको प्रदर्शनपछि पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, धवल शमशेर र पशुपति खड्कालगायतले कुनै अपराध नगरेको उनले बताए ।

‘आस्थाका बन्दीहरू अपराधी होइनन् । रवीन्द्र मिश्र, धवल शमशेरलगायतका नेताहरूले कुनै अपराध गरेका छैनन् । उनीहरूले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आफूलाई सशक्त उभ्याएका छन्’, उनले भने, ‘उनीहरू एक्लै छैनन्, यो सरकारले बुझ्नुपर्छ । उनीहरूका पछाडि देशभरका लाखौं राष्ट्रवादी छन् । उनीहरूको रिहाइको लागि अन्तिम घडीसम्म साथ दिन हामी तयार छौँ ।’

हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा माहोल तयार भइसकेको उनले बताए । अब अन्तिम धक्काको मात्रै आवश्कयता रहेको उनले बताए ।

अहिले गणतन्त्रवादी नेताहरु र सरकारले पूर्वराजालाई बदनाम गर्ने, राजसंस्थाप्रति आस्था राख्नेलाई विभिन्न प्रपञ्च रचेर दुःख दिनेलगायत काम गरिरहेको उनले बताए ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ६ : ५९ बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला