आईपीएल : वैभवको शतकमा राजस्थानले गुजरातलाई सजिलै हरायो « Khabarhub

आईपीएल : वैभवको शतकमा राजस्थानले गुजरातलाई सजिलै हरायो


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को ४७औं खेलमा राजस्थान रोयल्सले फराकिलो जित निकालेको छ ।

सोमबार राति भएको खेलमा राजस्थानले गुजरात टाइटन्सलाई आठ विकेटले पराजित गरेको हो । गुजरातले दिएको एक सय १० रनको लक्ष्य राजस्थानले १५.५ ओभरमा दुई विकेटको क्षतिमा पुरा गर्यो ।

उसका लागि १४ वर्षका किशोर ओपनर वैभव सूर्यवंशी १०१ रन बनाएर आउट भए । उनलाई प्रसिद्ध कृष्णाले बोल्ड गरे।

१४ वर्षका वैभवले १७ बलमा अर्धशतक र ३५ बलमा शतक प्रहार गरे। उनी आईपीएल इतिहासमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।

उनले १८औं सिजनमा सबैभन्दा कम बलमा अर्धशतक पनि बनाएका छन्। उनी सबैभन्दा कम बलमा शतक बनाउने भारतीय खेलाडीसमेत बने। समग्रमा हेर्दा उनले दोस्रो सबैभन्दा छिटो शतक प्रहार गरेका हुन् ।

यस्तै यशस्वी जायसवालले ७० रन बनाउँदा नितीश राणाले ३५ रनको योगदा दिए । गुजरातका प्रसिद्ध कृष्णा र रासिद खानले एक एक विकेट लिए ।

त्यसअघि सवाई मानसिंह रंगशालामा टस हारेर ब्याटिङ गरेको गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई २१० रनको लक्ष्य दिएको थियो ।

जयपुरको सवाई मानसिंह स्टेडियममा राजस्थानले बलिङ रोजेको थियो। गुजरातले ४ विकेट गुमाएर २०९ रन बनायो।

शुभमन गिलले ८४ र जोस बटलरले ५० रन बनाए। राजस्थानबाट महिश तीक्षणाले २ विकेट लिए भने सन्दीप शर्मा र जोफ्रा आर्चरले १, १ विकेट लिए।

हारपछि पनि गुजरात तेस्रो स्थानमा यथावत् छ भने राजस्थान आठौं स्थानमा छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ११ : ३१ बजे

आयल निगमको घाटा अझै उच्च, जटिल परिस्थिति बुझिदिन उपभोक्तालाई आग्रह

काठमाडौं- नेपाल आयल निगमले सामाजिक सञ्जालमा पेट्रोलियम पदार्थको मूल्यका विषयमा

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर