आईपीएल : वैभवको शतकमा राजस्थानले गुजरातलाई सजिलै हरायो | Khabarhub Khabarhub

आईपीएल : वैभवको शतकमा राजस्थानले गुजरातलाई सजिलै हरायो


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को ४७औं खेलमा राजस्थान रोयल्सले फराकिलो जित निकालेको छ ।

सोमबार राति भएको खेलमा राजस्थानले गुजरात टाइटन्सलाई आठ विकेटले पराजित गरेको हो । गुजरातले दिएको एक सय १० रनको लक्ष्य राजस्थानले १५.५ ओभरमा दुई विकेटको क्षतिमा पुरा गर्यो ।

उसका लागि १४ वर्षका किशोर ओपनर वैभव सूर्यवंशी १०१ रन बनाएर आउट भए । उनलाई प्रसिद्ध कृष्णाले बोल्ड गरे।

१४ वर्षका वैभवले १७ बलमा अर्धशतक र ३५ बलमा शतक प्रहार गरे। उनी आईपीएल इतिहासमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।

उनले १८औं सिजनमा सबैभन्दा कम बलमा अर्धशतक पनि बनाएका छन्। उनी सबैभन्दा कम बलमा शतक बनाउने भारतीय खेलाडीसमेत बने। समग्रमा हेर्दा उनले दोस्रो सबैभन्दा छिटो शतक प्रहार गरेका हुन् ।

यस्तै यशस्वी जायसवालले ७० रन बनाउँदा नितीश राणाले ३५ रनको योगदा दिए । गुजरातका प्रसिद्ध कृष्णा र रासिद खानले एक एक विकेट लिए ।

त्यसअघि सवाई मानसिंह रंगशालामा टस हारेर ब्याटिङ गरेको गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई २१० रनको लक्ष्य दिएको थियो ।

जयपुरको सवाई मानसिंह स्टेडियममा राजस्थानले बलिङ रोजेको थियो। गुजरातले ४ विकेट गुमाएर २०९ रन बनायो।

शुभमन गिलले ८४ र जोस बटलरले ५० रन बनाए। राजस्थानबाट महिश तीक्षणाले २ विकेट लिए भने सन्दीप शर्मा र जोफ्रा आर्चरले १, १ विकेट लिए।

हारपछि पनि गुजरात तेस्रो स्थानमा यथावत् छ भने राजस्थान आठौं स्थानमा छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ११ : ३१ बजे

कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

म्याग्दी– कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा

व्यासमा मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण

तनहुँ – जिल्लाको  व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

धनगढी – कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ

वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभा भित्रियो

काठमाडौं– महिला भलिबल फ्रेन्चाइज लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग