विराटले एउटै सिजनमा बनाए आठ अर्धशतक: आरसिबीको जितमा के-के बने कीर्तिमान ? « Khabarhub

विराटले एउटै सिजनमा बनाए आठ अर्धशतक: आरसिबीको जितमा के-के बने कीर्तिमान ?


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लखनउ सुपर जायन्ट्सलाई हराउँदै रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएलको क्वालिफायरमा प्रवेश गरेको छ। सो खेलमा थुप्रै कीर्तिमान बनेका छन्। सो खेलमा विल ओ राउकेले ७४ रन खर्चिए। उनी आईपीएलको इतिहासमा तेस्रो महँगो बलर बने। यसै सिजनमा राजस्थानका जोफ्रा आर्चरले सन्राइजर्स हैदरावादसँगको खेलमा ७६ रन खर्चेका थिए। यसैगरी हैदरावादका मोहम्मद सामीले पन्जाब किंग्ससँगको खेलमा ७५ रन खर्चेका थिए। सबै भन्दा धेरै रन खर्चिएका तीन वटै कीर्तिमान यसै वर्ष कायम भएका हुन्।

यसअघि सन् २०२४ को समाप्तिसम्म सबै भन्दा खर्चिलो बलर मोहित शर्मा थिए। गत सिजन गुजरातको तर्फबाट खेलेका उनले दिल्ली क्यापिटलसँगको खेलमा ७३ रन खर्चिएका थिए।

मङ्गलवारको जित आईपीएलको इतिहासमा तेस्रो ठुलो लक्ष्य पार भएको हो। गत सिजन पन्जाब किङ्सले कलकता नाइट राइडर्सले दिएको २६२ रनको लक्ष्य पुरा गरेको थियो। यसैगरी यसै सिजन हैदरावादले पन्जाबसँगको खेलमा २४६ रनको लक्ष्य पार गरेको थियो।

यस सिजन आरसिबीले आफूले खेलेको सात वटै अवे म्याचमा सफलता पाएको छ। यसअघि सन् २०१२ मा कलकता नाइट राइडर्स र मुम्बई ले सात अवे खेलमा सफलता पाएका थिए। त्यस समयमा उनीहरूले आठ अवे खेल खेलेका थिए। यसैगरी, गुजरातले २०२३ मा सात अवे खेलमा ६ जित हात पारेको थियो।

जितेस शर्माले ८५ रन प्रहार गरे। छैटौँ क्रमका ब्याट्सम्यानले प्रहार गरेको त्यो तेस्रो ठुलो रन हो। यस अघि सन् २०१९ मा मुम्बईका हार्दिक पाण्डेले कलकतासँगको खेलमा ८१ रन प्रहार गरेका थिए।

सन् २०१८ मा कलकताका आन्द्रे रसेलले चेन्नई सुपर किंग्ससँगको खेलमा अविजित ८८ रन प्रहार गरेका थिए।

यस सिजनमा विराट कोहलीले आठ पटक अर्धशतक पार गरे। एकै सिजनमा कुनै ब्याट्सम्यानले सबै भन्दा धेरै पटक ५० रनको आँकडा पार गरेको यो पहिलो पटक हो। यी ८ वटा खेलमा नै आरसिबी विजयी भयो।

ऋषभ पन्तले आईपीएलमा दोस्रो शतक प्रहार गरे। यसअघि उनले सन् २०१८ मा दिल्ली डेयर डेभिल्सको तर्फबाट खेल्दै अविजित १२८ रन प्रहार गरेका थिए। सो खेलमा पनि उनले पराजयको सामना गरेका थिए।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ७ : ०६ बजे

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल