यामलले अझै ६ वर्ष बार्सिलोनाबाटै खेल्ने « Khabarhub

यामलले अझै ६ वर्ष बार्सिलोनाबाटै खेल्ने

सन् २०३१ सम्म लम्बियो सम्झौता


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

बार्सिलोना – स्टार फुटबल खेलाडी लामिन यामलले बार्सिलोनासँग थप ६ वर्षका लागि सम्झौता गरेका छन्। स्पेनका १७ वर्षीय विङ्गरको सम्झौता सन् २०२६ मा सकिने भएपछि सन् २०३१ सम्मका लागि लम्ब्याइएको छ।

सन् २०२३ मा १५ वर्षको उमेरमा बार्सिलोनामा डेब्यु गरेका उनले हान्सी फ्लिकको प्रशिक्षणमा रहेर बार्सिलानालाई ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कपको उपाधि जिताइ सकेका छन्।

मंगलबार क्लबका अध्यक्ष हुँवा लापोर्टा र निर्देशक डेकोको उपस्थितिमा यामलले नयाँ सम्झौतामा हस्ताक्षर गरे।

११५ खेलमा २५ गोल गरेका उनी क्लबको इतिहासमा नै ला लिगा, कोपा डेल रे तथा स्पेनिस सुपर कपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी हुन्। जुलाईमा १८ वर्ष पुरा हुने यामल क्लबका लागि १०० खेल खेल्ने सबै भन्दा कान्छा खेलाडी हुन्। स्पेनको राष्ट्रिय टोलीबाट उनले १९ खेल खेलेका छन्।

सन् २०२४ को युरो कपको फाइनलमा उनी सहितको स्पेनले इङ्गल्यान्डलाई २–१ ले हराउँदै उपाधि जितेको थियो।

पछिल्ला साता क्लबले प्रशिक्षक फ्लिक र ब्राजिलियन स्टार राफिन्हासँगको सम्झौता लम्ब्याइसकेको छ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ७ : २० बजे

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र