यामलले अझै ६ वर्ष बार्सिलोनाबाटै खेल्ने « Khabarhub

यामलले अझै ६ वर्ष बार्सिलोनाबाटै खेल्ने

सन् २०३१ सम्म लम्बियो सम्झौता


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

बार्सिलोना – स्टार फुटबल खेलाडी लामिन यामलले बार्सिलोनासँग थप ६ वर्षका लागि सम्झौता गरेका छन्। स्पेनका १७ वर्षीय विङ्गरको सम्झौता सन् २०२६ मा सकिने भएपछि सन् २०३१ सम्मका लागि लम्ब्याइएको छ।

सन् २०२३ मा १५ वर्षको उमेरमा बार्सिलोनामा डेब्यु गरेका उनले हान्सी फ्लिकको प्रशिक्षणमा रहेर बार्सिलानालाई ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कपको उपाधि जिताइ सकेका छन्।

मंगलबार क्लबका अध्यक्ष हुँवा लापोर्टा र निर्देशक डेकोको उपस्थितिमा यामलले नयाँ सम्झौतामा हस्ताक्षर गरे।

११५ खेलमा २५ गोल गरेका उनी क्लबको इतिहासमा नै ला लिगा, कोपा डेल रे तथा स्पेनिस सुपर कपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी हुन्। जुलाईमा १८ वर्ष पुरा हुने यामल क्लबका लागि १०० खेल खेल्ने सबै भन्दा कान्छा खेलाडी हुन्। स्पेनको राष्ट्रिय टोलीबाट उनले १९ खेल खेलेका छन्।

सन् २०२४ को युरो कपको फाइनलमा उनी सहितको स्पेनले इङ्गल्यान्डलाई २–१ ले हराउँदै उपाधि जितेको थियो।

पछिल्ला साता क्लबले प्रशिक्षक फ्लिक र ब्राजिलियन स्टार राफिन्हासँगको सम्झौता लम्ब्याइसकेको छ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ७ : २० बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने