गाजाको टिठ लाग्दो दृश्य : राहत लिन जाँदा मृत्यु « Khabarhub

गाजाको टिठ लाग्दो दृश्य : राहत लिन जाँदा मृत्यु


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजामा खाद्यान्न हारालुछ हुँदा कम्तीमा तीन जनाको ज्यान गएको छ। तीन महिना इजरायलले राहत वितरणमा बन्द गरेपछि पहिलो पटक खाद्यान्न वितरण भएको हो।

मंगलबार दिउँसो गर्मीमा भएको भीडमा एक आपसमा मानिस थिचिएका थिए। गाजा मानवीय फाउन्डेसनले सो राहत वितरण गरेको हो।

दक्षिणी गाजाको रफाहामा भीडमा बीचमा महिला र बालबालिकाको टिठ लाग्दो दृश्य थियो। त्यो भीडलाई इजरायली सेनाले घेरेर राखेका थिए। त्यस समयमा खाद्यान्नका लागि कुनै पनि कसर बाँकी राख्न नहुने अवस्था आएको बताइएको छ। गाजाका अफिसियलले दिएको जानकारी अनुसार त्यहाँ धेरै जना हराइरहेका छन्। अहिले राफाहामा देखिएको दृश्य साँच्चै हृदय विदारक र युद्ध अपराधको गहिरो दृष्टान्त भएको धेरैको मत छ।

गाजाबासी लाइनमा बसिरहेको समयमा घेरा हालेर बसेका इजरायल सेनाले बारम्बार बन्दुक पड्काएका थिए। उनीहरूले अवस्थालाई नियन्त्रणमा लिन तथा सहज बनाउन बन्दुक पड्काइएको दाबी गरेका छन्। राहत वितरण भने लगातार चल्ने जनाइएको छ।
२० लाख मानिसहरू खाद्यान्नका लागि तड्पिरहेको समयमा जिएचएफको योजना त्यहाँ पुगेको हो।

निश्चत वितरण केन्द्र स्थापन नगरेर गरिएको यो वितरण नै मानवताको खिल्ली उठाउने खालको भएको राष्ट्र सङ्घ निकट निकायले बताइ सकेका छन्। राष्ट्र सङ्घका प्रवक्ता स्टेफन डुजारेले गाजाका अवस्था हृदय विदारक भएको बताएका छन्।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ८ : ४४ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र