गाजाको टिठ लाग्दो दृश्य : राहत लिन जाँदा मृत्यु « Khabarhub

गाजाको टिठ लाग्दो दृश्य : राहत लिन जाँदा मृत्यु


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजामा खाद्यान्न हारालुछ हुँदा कम्तीमा तीन जनाको ज्यान गएको छ। तीन महिना इजरायलले राहत वितरणमा बन्द गरेपछि पहिलो पटक खाद्यान्न वितरण भएको हो।

मंगलबार दिउँसो गर्मीमा भएको भीडमा एक आपसमा मानिस थिचिएका थिए। गाजा मानवीय फाउन्डेसनले सो राहत वितरण गरेको हो।

दक्षिणी गाजाको रफाहामा भीडमा बीचमा महिला र बालबालिकाको टिठ लाग्दो दृश्य थियो। त्यो भीडलाई इजरायली सेनाले घेरेर राखेका थिए। त्यस समयमा खाद्यान्नका लागि कुनै पनि कसर बाँकी राख्न नहुने अवस्था आएको बताइएको छ। गाजाका अफिसियलले दिएको जानकारी अनुसार त्यहाँ धेरै जना हराइरहेका छन्। अहिले राफाहामा देखिएको दृश्य साँच्चै हृदय विदारक र युद्ध अपराधको गहिरो दृष्टान्त भएको धेरैको मत छ।

गाजाबासी लाइनमा बसिरहेको समयमा घेरा हालेर बसेका इजरायल सेनाले बारम्बार बन्दुक पड्काएका थिए। उनीहरूले अवस्थालाई नियन्त्रणमा लिन तथा सहज बनाउन बन्दुक पड्काइएको दाबी गरेका छन्। राहत वितरण भने लगातार चल्ने जनाइएको छ।
२० लाख मानिसहरू खाद्यान्नका लागि तड्पिरहेको समयमा जिएचएफको योजना त्यहाँ पुगेको हो।

निश्चत वितरण केन्द्र स्थापन नगरेर गरिएको यो वितरण नै मानवताको खिल्ली उठाउने खालको भएको राष्ट्र सङ्घ निकट निकायले बताइ सकेका छन्। राष्ट्र सङ्घका प्रवक्ता स्टेफन डुजारेले गाजाका अवस्था हृदय विदारक भएको बताएका छन्।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ८ : ४४ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल