एउटै ढुङ्गाबाट मालिका मन्दिर पुनर्निर्माण « Khabarhub

एउटै ढुङ्गाबाट मालिका मन्दिर पुनर्निर्माण


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बागलुङ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बागलुङको प्रसिद्ध मालिका मन्दिर पुनर्निर्माण गरेको छ । अहिले मन्दिरको पुनर्निर्माण सकिएर तामाको छानो राख्ने तयारी गरिएको छ ।

एउटै ठूलो चट्टानलाई काटेर निकालिएको ढुङ्गा कुँदेर भगवती मन्दिर पुनर्निर्माण गरिएको हो । जीर्ण अवस्थामा रहेको पुरानो मन्दिरलाई कलात्मक ढङ्गले ढुङ्गा र काठको मात्रै प्रयोग गरेर मन्दिर पुनर्निर्माण गरिएको हो ।

तीन तलाको प्यागोडा शैलीमा निर्माणको अन्तिम चरणमा रहेको मन्दिरमा प्रयोग भएका सबै कच्चा पदार्थ एउटै ढुङ्गा काटेर कुदिएको हो ।

बागलुङ नगरपालिका– ५ मालिका स्थित शक्तिपीठ मालिका भगवती मन्दिरलाई एउटै चट्टान काटेर निकालिएको ढुङ्गालाई कुँदेर मन्दिर पुनर्निर्माण गरिएको छ ।

दिव्य शिला भएको स्थानलाई घेरेर तीन तलाको प्यागोडा शैलीमा मन्दिर निर्माण गरिएको छ । एउटै शिलाको ढुङ्गालाई काटेर मन्दिर निर्माण भइरहेको र भक्तपुरबाट कालिगढ ल्याएर मन्दिर निर्माण गर्ने कार्य चलिरहेको छ ।

कालिगढबाट ढुङ्गा कुँदिएको, कलात्मक टुँडाल र तामाले छाएको मन्दिर निर्माणले साँच्चिकै मौलिकता झल्किन्छ ।

मल्लकालीन थानलाई मालिका भगवतीको रुपमा लिइएको किंवदन्ती रहेको र मालिका मन्दिरलाई बागलुङको कालिका मन्दिरको बहिनीको रुपमा पूजाआजा गर्दै आएको उपभोक्ता समितिका अध्यक्ष मेघराज पाण्डेले जानकारी दिए ।

मल्लकालीन थान रहेको स्थानमा मालिका कालिकाको बहिनीको स्वरूपमा रहेको छ भने  पुरातात्विक क्षेत्र समेत भएकाले मालिका भगवतीलाई यस क्षेत्रमा महत्वका रुपमा हेरिन्छ । कालिका र मालिका दुई बहिनी भएको र कालीगण्डकीको जल कालिकामा चढाएर बाँकी रहेको जल मालिकामा चढाउने चलन रहेको अध्यक्ष पाण्डेले बताए ।

मालिका भगवती मन्दिरको नामबाट उक्त गाविसको नाम समेत मालिका राखिएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्षमा विनियोजन गरेको ५४ लाख रुपैयाँबाट मालिका भगवती मन्दिर पुनर्निर्माण थालिएको र अहिले अन्तिम चरणमा पुगेको मालिका भगवती मन्दिर व्यवस्थापन समितिका महासचिव खीम सापकोटाले जानकारी दिए । उनले मन्दिरसँगै गणेश मन्दिर, सत्तल, घण्टी, प्रवेशद्वार र तारबार गरी एक करोडको संरचना तयार भइरहेको बताए ।

अन्य पूर्वाधार मालिका मन्दिर दर्शनका लागि आउने भक्तजन तथा मालिका मन्दिरसँग आस्था जोडिएर देश विदेशमा रहेकाबाट प्रतिव्यक्ति सहयोग प्राप्त भइरहेको सापकोटाले जानकारी दिए । उनले मन्दिरमा उठेको सहयोगले कुवेरधाम मन्दिरको मूर्ति तयार गरिएको बताए । 

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १० : २३ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष