प्रतिपक्षीले संसद् चल्न दिने, सबै दलले आफ्नो भनाइ राख्ने « Khabarhub

प्रतिपक्षीले संसद् चल्न दिने, सबै दलले आफ्नो भनाइ राख्ने


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । सहमति नभएपछि बुधबार बिहान ११ बजेका लागि तय गरिएको बैठक पौने १ बज्दा पनि सञ्चालन हुन सकेको छैन ।

सत्तापक्ष र प्रतिपक्षबीच गृहमन्त्री रमेश लेखकबारे सहमति जुट्न नसकेका कारण बैठक बस्न ढिलाई भएको अवस्थामा अब सबै दलले आफ्ना कुरा राख्ने भएका छन् ।

सभामुख देवराज घिमिरेले सत्तारुढ र प्रतिपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलबाट यस्तो सहमति जुटाएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसद्मा सबै दलले धारणा राख्ने कुरा प्रमुख सचेतक र सचेतकहरूको बैठकमा भएको जानकारी दिएका छन् ।

‘अहिलेलाई सबै दलले संसद्‍मा कुरा राख्ने सहमति भएको छ। तर हामीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीको पनि जवाफ मागिरहेका छौँ’, उनले भने, ‘सबै दलले कुरा राखिसकेपछि भोलि के हुन्छ, पछि छलफल होला । अहिलेलाई संसद्‍ चल्न दिएर सबैले कुरा राख्ने सहमति भएको छ ।’

यसअघि मंगलबार प्रतिपक्षी दलहरू गृहमन्त्री लेखकको राजीनामाबाट पछि नहटेपछि संसद् सचिवालयले दोस्रोपल्ट सूचना टाँस गरेर बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित गरेको थियो ।

त्यसअघि सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि सहमति जुटाउन दलहरूसँग छलफल गरेका थिए । छलफलमा प्रतिपक्षी दलहरूले संसद् बैठकमा राखेको मागबाट पछि नहट्ने अडान यथावत राखेका थिए ।

उनीहरूले मंगलबार बिहान बसेको बैठकमा भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने माग गरेका थिए ।

उक्त माग राखेर प्रतिपक्षीहरूले संसद्मा नाराबाजी गरेपछि सभामुख घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । निर्धारित आधा घण्टामा बैठक बस्ने वातावरण नबनेपछि संसद् सचिवालयले सूचना टाँस गरेर दिउँसो २ः३० बजेसम्मका लागि बैठक सारेको थियो ।

पहिलो पटक सूचना टाँस गरेर तोकिएो समयमा पनि बैठक बस्न नसकेपछि सभामुख घिमिरेले कार्यकक्षमा सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । उक्त छलफल निष्कर्षविहीन भएपछि दोस्रो पटक सूचना टाँस गरेर बैठक बुधबार बस्ने गरी स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १२ : ५४ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको