संसद्‍‍भित्र तनावपूर्ण मुद्रामा गृहमन्त्री लेखक (तस्बिरहरू) « Khabarhub

संसद्‍‍भित्र तनावपूर्ण मुद्रामा गृहमन्त्री लेखक (तस्बिरहरू)


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका विश्वासपात्रमध्ये एक गृहमन्त्री रमेश लेखकलाई अहिले नसोचेको तनाव आइलागेको छ । गृहमन्त्रालय सम्हालिसकेका देउवाका अर्का विश्वासपात्र बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको घटना सेलाउन नपाउँदै लेखकमाथि संकट आइलागेको छ ।

भिजिट भिसामा जाने नेपालीहरूबाट विमानस्थल अध्यागमन कार्यालयमा सेटिङ गरेर दैनिक ५० लाखभन्दा बढी उठाइरहेको सार्वजनिक भएसँगै गृहमन्त्री लेखकको पद नै धरापमा परेको छ ।

सभापति देउवा पनि आफ्ना विश्वासपात्रको यो संकटले घेराबन्दीमा पर्दै गएका छन् । कांग्रेसभित्रै र बाहिरबाट पनि लेखकलाई राजीनामा गराउन दबाब बढिरहेको छ । तर देउवा टसमस भएका छैनन् ।

यता लेखकका कारण मंगलबार र बुधबार दुई दिन बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितले अवरोध जारी राखेका छन् ।

माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संसद् भवनस्थित च्याम्बरमा बुधबार बसेको प्रतिपक्षी दलको बैठकले लेखकको राजीनामालाई बटमलाइन बनाएको छ। प्रतिपक्षीले बजेट ल्याउन दिने तर अरू काम अघि बढ्न नदिने निर्णय लिएका छन् ।

यस्तोमा बुधबार संसद् बैठकमा देखिँदा गृहमन्त्री लेखक तनावमा थिए । उनी संसद् बैठक कक्ष अगाडि घरी फोनमा बोलेजस्तो गरिरहेका हुन्थे भने घरी कपाल कन्याइरहेका देखिए । उनको मुहारमा तनाव भरिएको प्रष्टै देखिन्थ्यो ।

संसद् बैठकमै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले पनि लेखकसँग संवाद गरे । लेखकले माओवादीसँगको छलफलमा धेरै तनाव भएमा आफूले पद छाड्ने बताएका थिए । तर सभापति देउवाले अहिले पद छाड्नुपर्ने कुनै जरूरी नरहेको सुझाव लेखकलाई दिइरहेका छन् ।

बुधबार बालुवाटारमा बसेको सत्तारुढ कांग्रेस र एमालेको बैठकमा पनि लेखकको राजीनामाको विषयले प्रवेश नै पाएन। तर बुधबार दिउँसो बसेको संसद् बैठक अघि नबढेपछि लेखकमाथि पद छाड्ने दबाब झन् बढेको छ ।

खासमा गत मंगलबार त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख एवम् सहसचिव तीर्थराज भट्टराई मन्त्रालय तानिएका थिए । अध्यागमनमा सेटिङ गरेर लाखौँ उठाएको सूचना अख्तियारमा पुगेर छापा मार्ने खबर पाएपछि भट्टराईलाई लेखकले तानेका थिए ।

तर उक्त प्रकरणमा अध्यागमनले भिजिट भिसाको नाममा उठाउने लाखौँ रुपैयाँ गृहमन्त्रीको सचिवालयका सदस्यसम्म आइपुग्ने कुराले संकट बढाएको हो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  २ : ४० बजे

पोखराको फितलो बलिङमा सुदूरपश्चिमले दियो १९४ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको खेलमा पोखरा एभेन्जर्सविरुद्ध

कांग्रेसले शान्तिको भावनालाई आचारसंहिता बनाउनुपर्नेमा जोड

काठमाडौं– नेपाली कांग्रेसले शान्तिको भावनालाई आचारसंहिता बनाउनुपर्नेमा जोड दिइएको छ

काठमाडौंमा ‘जेन-जी’ प्रदर्शनका घाइतेको वर्गीकरण सुरु

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेन-जी’ प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरण

दोधारा चाँदनीमा आठ करोडको लागतमा ‘लिफ्ट सिँचाइ’

दोधारा चाँदनी- यहाँको दोधारा–चाँदनी नगरपालिकास्थित कञ्जभोजमा लिफ्ट सिँचाइ योजनाको काम

जेन-जी र बारा प्रशासनको वार्तामा जोडिए सुदन र पुरुषोत्तम (तस्बिरहरू)

काठमाडौं– मंगलबार बाराको सिमरामा जेन-जी समूह र नेकपा एमाले निकट