गणतन्त्र उत्सव जनताको एउटा खुसी र गौरवको दिन हो : महासचिव पोखरेल « Khabarhub

गणतन्त्र उत्सव जनताको एउटा खुसी र गौरवको दिन हो : महासचिव पोखरेल


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले गणतन्त्र उत्सव जनताको एउटा खुसी र गौरवको दिन हो भन्ने जानकारी दिन मनाउन थालिएको बताएका छन् । 

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज प्रेस चौतारी नेपालले गणतन्त्र उत्सवको तयारीका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्रलाई उत्सवको रूपमा हुँदै छ भन्ने थालनी आफूहरूले भोलिको गणतन्त्र उत्सव कार्यक्रमबाट सन्देश दिन खोजेको बताए ।

‘संविधान सभाका ऐतिहासिक फैसला स्वीकार गरेका पूर्व राजा ज्ञानेन्द्र र संविधानको विपक्षमा लोकतन्त्रको विरोधमा जुन खालको गतिविधि गरिरहेको हामीले देखिरहेका छौ,’ उनले भने, ‘त्यस्तो अवस्थामा नेपाली जनतालाई गणतन्त्रका  उत्सवका रूपमा हाम्रो पार्टीले महसुस गर्‍यौ र त्यसै अनुरूप हाम्रो पार्टीले जेठ १५ गतलाई गणतन्त्र उत्सवमा मनाउने निर्णय गरौँ र तयारीमा जुटेका छौ ।’

महासचिव पोखरेलले सांस्कृतिक झाँकीसहित उत्सवको रूपमा दिवस मनाइने बताए । 

‘हाम्रो देश भाषिक जातीय र सांस्कृतिक युक्त देश भएको नाताले जनता सार्वभौमसत्ता सम्पन्न  भएको ऐतिहासिक दिनलाई जनउत्सवको रूपमा मनाउने भएकोले त्यो विविधतालाई भोलि आयोजना हुने कार्यक्रमका माध्यमबाट प्रकट गर्न चाहन्छौ,’ उनले भने, ‘हाम्रो  कार्यक्रममा विभिन्न जातजातिका समुदाय, विशेष सांस्कृतिक भेषभुषा, बाजागाजा सांस्कृतिक झाकी सहित हुने छ । यसले एउटा विशिष्ट  छाप छाडने छ ।’

महासचिव पोखरेलले मुलुकको सबै ध्यान राजनीतिक व्यवस्था पुगिसकेकोले  अबको आफूहरूको ध्यान विकास र समृद्धको दिशातर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । 

उनले राजनीतिक दलबीच सहमति भयो भने संविधानमा समेत संशोधन गरेर गणतन्त्र दिवसलाई विशेष समारोह गर्ने गरी बजेट प्रस्तुत गर्ने दिनलाई फरक दिनमा लैजाने उपयुक्त हुने बताए ।

उनले एमाले मात्र होइन सबै राजनीतिक दलका प्रतिनिधि जेठ १५ गतेको गणतन्त्र उत्सवको दिनको समारोहमा सामेल भएर गणतन्त्रलाई उत्सवका रूपमा मनाउन हातेमालो गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ४ : २३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल