सामुदायिक अस्पतालले सरकारसँग सहकार्य गर्नुपर्ने « Khabarhub

सामुदायिक अस्पतालले सरकारसँग सहकार्य गर्नुपर्ने


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सामुदायिक अस्पतालले उत्कृष्टता हासिल गर्न सरकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । 

उनले धुलिखेल अस्पताल परिसरमा निर्माण हुने ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’को आज शिलान्यास गर्दै सामुदायिक अस्पताललाई समेट्ने गरी सरकारले नीतिगत विषय परिमार्जन गरेकाले सहकार्य आवश्यक रहेको बताए ।

‘भोलि सार्वजनिक हुने बजेटमासमेत सामुदायिक अस्पतालगायत स्वास्थ्य संस्थालाई सहकार्य गर्ने गरी सहभागिता गराइएको छ । सरकारसँगको सहकार्यले स्वास्थ्य क्षेत्रमा उत्कृष्टता हासिल गर्न सकिन्छ’, मन्त्री पौडेलले भने ।

स्वास्थ्य क्षेत्रमा सुधार गर्न सरकारले थुप्रै विषय ल्याएकाले कार्यान्वयन गर्न स्रोतको खोजी भइरहेको उनले जानकारी दिए । ‘स्रोत जुटाउन सामुदायिक क्षेत्र, शुभेच्छुक अन्तर्राष्ट्रिय दाता तथा निकायसँग जोड्न सक्नुपर्छ’, उनले भने । 

राज्यले स्वास्थ्य क्षेत्रमा आवश्यकताअनुसार लगानी गर्न सक्ने अवस्थालाई सबल बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिँदै बिमा प्रणालीमार्फत विकल्प खोज्नुपर्ने उनको भनाइ छ । 

सोही कार्यक्रममा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का नेपाल प्रमुख मासुजाकी मिजुकीलेले सन् १९७० देखि जापान–नेपालको मित्रता कायम रहेकाले नेपालमा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको बताए ।

उनले जापान सरकारले बिपी राजमार्ग अन्तर्गत धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक निर्माण गरेको स्मरण गर्दै गत सालको बाढीपहरोले केही खण्ड क्षतिग्रस्त बनाएकामा दुःख व्यक्त गरे । 

जापान सरकारले तीन अर्ब ६० करोड २६ लाख यान अनुदान सहयोग गरेको उक्त ट्रमा एण्ड इमर्जेन्सी सेन्टर निर्माणमा जापानले ६० प्रतिशत भवन र सबै प्रकारका मेडिकल उपकरणका लागि ४० प्रतिशत सहयोग गर्ने सम्झौतामा उल्लेख छ । सेन्टरमा पार्किङ, ‘आइसियू’, तीन वटा शल्यक्रिया कक्ष, ‘एचडियू’, प्रयोगशाला, ‘फार्मेसी’, फोहोर व्यवस्थापनलगायत आवश्यक सेवाहरू उपलब्ध हुने जनाइएको छ । 

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ५ : ४४ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र