सुन्दरबजारमा ‘छोरीको खातामा दुई हजार’ अभियान | Khabarhub Khabarhub

सुन्दरबजारमा ‘छोरीको खातामा दुई हजार’ अभियान


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सुन्दरबजार- छोरीप्रति सम्मान र सुरक्षाको भावना अभिवृद्धि गर्ने उद्देश्यले लमजुङको सुन्दरबजार नगरपालिकाले सञ्चालन गर्दै आएको ‘छोरीको खातामा दुई हजार’ अभियान प्रभावकारी बन्दै गएको छ । पालिकाले विसं २०७९ साउन १ गतेदेखि कार्यविधि बनाएर सुरु गरेको उक्त अभियानअन्तर्गत हालसम्म ९० जना नवजात छोरीको नाममा बैंक खाता खोलिएको छ । 

‘कार्यक्रमअन्तर्गत नवजात छोरीको नाममा नेपाल बैंक लिमिटेड, सुन्दरबजार शाखामा दुई हजार रुपैयाँ जम्मा गरिन्छ, उक्त रकम छोरी १८ वर्ष पुगेपछि मात्र झिक्न सकिने व्यवस्था गरिएको छ’, नगरका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले भने । उनका अनुसार स्वास्थ्य संस्थामा जन्मिएका छोरीका अभिभावकले प्रक्रिया पुर्‍याएपछि पालिकाले नगरस्तरमा खाता खोली रकम जम्मा गर्दै आएको छ । 

छोरीको संरक्षकले आफ्नो नागरिकताको प्रतिलिपि, बालिकाको जन्मदर्ता प्रमाणपत्र र वडाको सिफारिस पेस गर्नुपर्ने व्यवस्था छ । स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाका अनुसार चालु आर्थिक वर्षको हालसम्म २०, गत आवमा ३५ र सुरुआती आव २०७९/८० मा ३५ गरी हालसम्म कूल ९० जना छोरीको नाममा खाता खोलिएको छ ।

चालु आर्थिक वर्षका लागि कार्यक्रम सञ्चालन गर्न नगरले एक लाख रुपैयाँ बजेट विनियोजन गरेकामा हालसम्म २० जना खाताका लागि ४० हजार रुपैयाँ खर्च भएको उनले जानकारी दिए । 

नगरप्रमुख कृष्णप्रसाद कोइरालाले छोरी भएको थाहा पाएपछि गर्भपतन गर्ने, जन्मदर्ता नगरिदिने वा कम उमेमा विवाह गराइदिनेजस्ता सामाजिक समस्यालाई न्यूनीकरण गर्न यो कार्यक्रम प्रभावकारी देखिएको बताए । यस कार्यक्रम सञ्चालन भएपश्चात् अभिभावकमा छोरीप्रति सकारात्मक सोच र उत्तरदायित्व पनि बढ्दै गएको उनको भनाइ छ । 

नगरप्रमुख कोइरालाले यो कार्यक्रमले अभिभावकलाई आफ्नी छोरीका नाममा आर्थिक सञ्चय गर्न प्रेरित गर्नुका साथै समाज सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । –रासस

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ६ : ३९ बजे

प्रदेशसभा सदस्य सुनीता ‘डेफ नेसन एक्पो’मा सहभागी हुने 

पोखरा – गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य सुनीता थापा आगामी साउन

कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो

गुल्मी– शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर  निरन्तरको पहिराका कारण आज पनि

लहानबाट अन्तरप्रदेशीय मार्ग निर्माण गरिने

सिरहा– मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय मार्ग विस्तारको पहल लहान नगरपालिकाबाट

काठमाडौंको मुटुमै रहेको रत्नपार्कमा रमाउँछन् केटाकेटी, तरुणतन्नेरी र बूढाबूढी (तस्बिरहरु)

काठमाडौं- रत्नपार्क राधानीको मुटुमै अवस्थित छ । काठमाडौंमा खुला स्थान

नाइजेरियामा आईएसआईएसको आक्रमण, ३४ सैनिकको मृत्यु

एजेन्सी– नाइजेरियाको दक्षिणपश्चिमी भागमा, मालीको सीमा नजिकै रहेको सैनिक अड्डामा