अर्थसंक्षेप : उत्पादनअघि आईपीओ जारी गर्न नदिँदा जलविद्युत क्षेत्रमा कस्तो असरदेखि बजेट आउने अघिल्लो दिन १७ अंकले बढ्यो नेप्सेसम्म | Khabarhub Khabarhub

अर्थसंक्षेप : उत्पादनअघि आईपीओ जारी गर्न नदिँदा जलविद्युत क्षेत्रमा कस्तो असरदेखि बजेट आउने अघिल्लो दिन १७ अंकले बढ्यो नेप्सेसम्म


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

जसले जीवनसँग जोडिएको बजेट पर्खिरहेछन्…

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा भोलि (बिहीबार) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दैछन् । बजेट सरकारको एक वर्ष अवधिको लागि आम्दानी तथा खर्चको अनुमान हो ।

बजेटमार्फत सरकारले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन अघि बढाउँछ । बजेटले आम नागरिकको जीवनदेखि उद्योगी, व्यवसायी र कर्मचारी लगायतको जीवनलाई प्रभावित पार्छ ।

बजेट वक्तव्यमा अर्थमन्त्रीले घोषणा गर्ने नीति तथा कार्यक्रमको अप्रत्यक्ष प्रभाव सबैलाई परे पनि वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, अल्पसङ्ख्यक र राष्ट्रसेवक कर्मचारी लगायतको मासिक भत्ता वा तलबमै फेरबदल गराउँछन् ।

जसकारण यो तप्काले अर्थमन्त्री पौडेलले बिहीबार घोषणा गर्ने नयाँ बजेटलाई निकै चासोका साथ हेरिरहेका छन् ।

सुन्दरबजारमा ‘छोरीको खातामा दुई हजार’ अभियान

अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय

सङ्घीय संसद्‌ले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट भोलि (बिहीबार) दिउँसो तीन बजे पेश गर्ने कार्यसूची सार्वजनिक गरेको छ ।

सङ्घीय संसद्‌का महासचिव पद्मप्रसाद पाण्डेयले संसद्‌को संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वार्षिक अनुमान पेश गर्ने दैनिक कार्यसूची निर्धारण गरेका हुन्‌ ।

कार्यसूचीमा लेखिएको छ, ‘माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नुहुने ।’

अर्थमन्त्री पौडेलले राष्ट्रिय स्रोत अनुमान समितिबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कम्तिमा १९ खर्ब ६५ करोड रुपैयाँको बजेट सिलिङ पाएका छन्‌ ।

एउटै ढुङ्गाबाट मालिका मन्दिर पुनर्निर्माण

बजेट आउने अघिल्लो दिन १७ अंकले बढ्यो नेप्से

सरकारले आर्थिक वर्ष २०८२/८३ को लागि भोलि बिहीबार (जेठ १५ गते) ल्याउँदै छ । त्यसको अघिल्लो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ ।

नयाँ गभर्नर नियुक्ति पछि पनि राम्रो अंकले बढ्न नसकेको शेयर बजारमा बजेट आउने अघिल्लो दिन भने नेप्से १७.४४ अंकले बढेको छ । आज नेप्से ०.६५ प्रतिशतले बढेर २६९३ विन्दुमा पुगेको छ ।

नेप्सेको वृद्धिसहित कारोबार रकम पनि बढेको छ । आज दिनभरमा ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता शेयर कारोबार भएको छ ।

आज दिनभरमा १४८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

दिनभरमा ३२३ वटा कम्पनी कारोबारमा आउँदा ७७ हजार ३१६ पटक शेयर किनबेच भएको छ ।

ऋण तिर्ने र छानो टाल्न पैसा उठाउने ट्रेड टावरको खुल्यो आईपीओ

उत्पादनअघि आईपीओ जारी गर्न नदिँदा जलविद्युत क्षेत्रमा कस्तो असर ?

सरकारले बिजुली उत्पादन नगरेका जलविद्युत कम्पनीहरूलाई प्राथमिक सेयर निष्काशन (आईपीओ) गर्न नदिनेगरी कार्ययोजना अघि सारेको छ ।

जलविद्युत कम्पनीका सञ्चालकहरू भने सरकारको यस्तो तयारीबाट झस्किएका छन् ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझावका आधारमा प्रधानमन्त्री कार्यालयका सचिव चुडामणि पौडेलको संयोजकत्वमा तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ को बुँदा नम्बर ९४ ले जलविद्युत आयोजनाका संस्थापक सेयरधनीलाई तर्साएको हो ।

उक्त बुँदामा ‘जलविद्युत कम्पनीहरूलाई उत्पादन सुरु गरेपछि मात्र प्राथमिक सेयर निष्काशन गर्न सक्ने व्यवस्था गर्ने’ लेखिएको छ । कार्ययोजना बमोजिम अर्थ मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत उत्पादन सुरु भएपछि मात्र कम्पनीले प्राथमिक सेयर निष्कासन गर्ने व्यवस्था दुई वर्षभित्र कार्यान्वयन गरिसक्नुपर्नेछ ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ७ : १६ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट