रेखालाई प्रश्न : राप्रपाको आन्दोलनले ‘महाभोज’ रोकियो, तपाईंको नाटक के हुन्छ ? « Khabarhub

रेखालाई प्रश्न : राप्रपाको आन्दोलनले ‘महाभोज’ रोकियो, तपाईंको नाटक के हुन्छ ?


१४ जेष्ठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका रेखा थापा साढे दुई दशक ठूलो पर्दाको अभिनयपश्चात् नाटकमा डेब्यू गर्दैछिन् ।

उनी अभिनित नाटक ‘मीरा’ वैशाख १५ गते बिहीबारबाट मञ्चन हुँदैछ । यता रेखाको नाटकका मञ्चन हुने दिन बिहीबार उनीसम्बद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजधानीमा आन्दोलन घोषणा गरेको छ ।

राप्रपाको आन्दोलनले फिल्म ‘महाभोज’को प्रदर्शन मिति नै सरेको छ । आन्दोलनले सर्वसाधरणको जनजीवन प्रभावित हुने भन्दै ‘महाभोज’ टिमले प्रदर्शन रोकेको बताएको छ ।

संयोग कस्तो भने साढे दुई दशकको सफल अभिनय करिअरपछि नाटकमा डेब्यू गरेकी रेखासम्बद्ध पार्टीले त्यही दिन आन्दोलन घोषणा गरेको छ ।

‘महाभोज’ले प्रदर्शन रोक्दै गर्दा रेखा भने नाटक रिहर्सल गर्दैछिन् । आन्दोलन र फिल्म स्थगनबारे भन्छिन्, ‘हरेक मान्छेले आफ्नो व्यवसाय गर्न पाउनुपर्छ । आन्दोलन पनि व्यवसायी मजदुर वा देशका विभिन्न तह र तप्काका मनिसकै लागि गर्न खोजिएकै होला । आन्दोलनले कुनै व्यवसायलाई असर पार्नुहुँदैन ।’

कसैलाई असर पर्ने गरी आन्दोलन गर्नु नहुने उनको बुझाइ छ । भन्छिन्, ‘बाटो हिँड्ने बटुवालाई पनि असर गर्छ भने त्यो आन्दोलन, आन्दोलन होइन ।’

पार्टीको आन्दोलन भए पनि नाटक त्यही दिन मञ्चन हुने रेखा बताउँछिन् । भन्छिन्, ‘नाटक जेठ १५ मै मञ्चन हुन्छ । किन नहुने हो र ?’

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ७ : ५५ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली