रेखालाई प्रश्न : राप्रपाको आन्दोलनले ‘महाभोज’ रोकियो, तपाईंको नाटक के हुन्छ ? « Khabarhub

रेखालाई प्रश्न : राप्रपाको आन्दोलनले ‘महाभोज’ रोकियो, तपाईंको नाटक के हुन्छ ?


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका रेखा थापा साढे दुई दशक ठूलो पर्दाको अभिनयपश्चात् नाटकमा डेब्यू गर्दैछिन् ।

उनी अभिनित नाटक ‘मीरा’ वैशाख १५ गते बिहीबारबाट मञ्चन हुँदैछ । यता रेखाको नाटकका मञ्चन हुने दिन बिहीबार उनीसम्बद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजधानीमा आन्दोलन घोषणा गरेको छ ।

राप्रपाको आन्दोलनले फिल्म ‘महाभोज’को प्रदर्शन मिति नै सरेको छ । आन्दोलनले सर्वसाधरणको जनजीवन प्रभावित हुने भन्दै ‘महाभोज’ टिमले प्रदर्शन रोकेको बताएको छ ।

संयोग कस्तो भने साढे दुई दशकको सफल अभिनय करिअरपछि नाटकमा डेब्यू गरेकी रेखासम्बद्ध पार्टीले त्यही दिन आन्दोलन घोषणा गरेको छ ।

‘महाभोज’ले प्रदर्शन रोक्दै गर्दा रेखा भने नाटक रिहर्सल गर्दैछिन् । आन्दोलन र फिल्म स्थगनबारे भन्छिन्, ‘हरेक मान्छेले आफ्नो व्यवसाय गर्न पाउनुपर्छ । आन्दोलन पनि व्यवसायी मजदुर वा देशका विभिन्न तह र तप्काका मनिसकै लागि गर्न खोजिएकै होला । आन्दोलनले कुनै व्यवसायलाई असर पार्नुहुँदैन ।’

कसैलाई असर पर्ने गरी आन्दोलन गर्नु नहुने उनको बुझाइ छ । भन्छिन्, ‘बाटो हिँड्ने बटुवालाई पनि असर गर्छ भने त्यो आन्दोलन, आन्दोलन होइन ।’

पार्टीको आन्दोलन भए पनि नाटक त्यही दिन मञ्चन हुने रेखा बताउँछिन् । भन्छिन्, ‘नाटक जेठ १५ मै मञ्चन हुन्छ । किन नहुने हो र ?’

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ७ : ५५ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी