पर्यटन प्रवर्द्धन गर्न खाँदबारीमा ‘खाना महोत्सव’ | Khabarhub Khabarhub

पर्यटन प्रवर्द्धन गर्न खाँदबारीमा ‘खाना महोत्सव’


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – जिल्ला सदरमुकाम खाँदबारीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि खाना महोत्सवमा (फुड फेस्टिबल) आयोजना गरिएको छ ।

‘कोसीको गौरव, हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान तथा कोसी प्रदेश पर्यटन वर्ष सफल पार्न आन्तरिक पर्यटन तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि खाँदबारीमा फुड फेस्टिबल’ भन्ने नाराका साथ दुईदिने खाना महोत्सव आयोजना गरिएको छ ।

महोत्सवमा विभिन्न जातीय मौलिक खानाका परिकारका कक्ष राखिएका छन् । महोत्सवस्थलमा राखिएका विभिन्न परिकारका खानाका स्वाद लिन पर्यटकको घुइँचो लागेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउँदै यस क्षेत्रको आर्थिक तथा सामाजिक उत्थान गर्ने उद्देश्यले खाना महोत्सव आयोजना गरिएको होटल व्यवसायी सङ्घका केन्द्रीय सदस्य राजिव श्रेष्ठले बताए ।

लोप हुन लागेका स्थानीय परिकारलाई प्राथमिकतामा राख्दै आन्तरिक पर्यटनमार्फत आयआर्जन बढाउन खाना महोत्सव गरिएको उनको भनाइ छ । यसबाट पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयआर्जन बढ्ने अपेक्षा गरिएको उनले बताए ।

बिहीबारसम्म सञ्चालन हुने महोत्सवमा स्थानीयस्तरमा उत्पादित खानाका परिकार, नेवारी, राई, भोट, मगरलगायत जातिका मौलिक एवं परम्परागत खानाका परिकार राखिएका छन् ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १० : १३ बजे

काठमाडौँ उपत्यकामा मापसे जाँचमा कडाइ

काठमाडौँ- काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्ध

हराउँदैछ हिउँ चितुवाको वासस्थानसँगै आहारा

काठमाडौँ- विश्वकै दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित

जेन-जी आन्दोलनमा ज्यान गुमाएकालाई सम्झिँदै विश्वप्रकाश: घरमा देउसीलाई स्वागत गर्न सकिएन

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हालै भएको जेन-जी आन्दोलनका

सुधन गुरुङ भन्छन् : हजारवटा सिंहदरबार बनाइदिन सक्छु, यही संविधानमा टेकेर नेताहरूलाई हान्छौँ (भिडियो)

काठमाडौं- आफूलाई जेन-जी आन्दोलनको नेताका रुपमा परिचित गराउँदै आएका सुधन

भाइटिका लगाउँदै गर्दा बेहोस भएका जनमोर्चा रुपन्देहीका अध्यक्ष केसीको मृत्यु

काठमाडौं – भाइटिका लगाउने क्रममा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका